नुवाकोटको ककनीमा भेला भएका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले आज कांग्रेस केन्द्रिय समितिको विधानकाबारे छलफल गर्दे छन । विधानका विषयलाइ नै केन्द्रित गरेर कांग्रेसका जिल्ला सभापतिहरु भेलामा सहभागी भएका हुन । नेपाली कांग्रेसको विधान मस्यौदा समितिले विधानको मस्यौदाको प्रतिवेदन पार्टीलाई बुझाइसकेको छ । नुवाकोटको ककनीमा बुधबारबाट सुरु जिल्ला सभापतिहरुको भेलामा ६४ जिल्लाका सभापतिहरु सहभागी भएका छन । बुधबार सुरु भएको भेला बिहिबार ककनी घोषणा पत्र जारी गर्दै सकिने छ ।
सभापतिहरुले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा जिल्ला सभापतिहरुलाई विधानले दिएको अधिकार नेतृत्वले हस्तक्षेप गरेर खोसेको भन्दै नयाँ विधानमा अधिकार तोक्न माग गरेको छ । भेलाले पार्टी नेतृत्वलाई साझाा धारणा दिइने आयोजक जिल्ला नुवाकोटका सभापति जगदिशनरसिंह केसीले जानकारी दिए ।
कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले विधानमा देखिएका विवादका बारे पार्टी नेतृत्वलाई एक हुन भेलाले आग्रह गर्ने जनाए । उनले विधानमा एक प्रकारको पार्टी सदस्यता रहने गरि प्रस्ताव पार्टीले सच्याउनु पर्ने र दुई प्रकारका सदस्यताका विष्यमा एउटै आवाज दिइने जनाएका हुन । साधारण सदस्यता लिएको दुई वर्ष पछि प्रत्येक वर्ष नविकरण भए नभएको हेरेर र सदस्यको सक्रियता हेरेर पार्टीको सदस्यतालाई साधारणबाट क्रियाशिल बनाउन सकिने जनाए ।
भेलामा पार्टीको नयाँ संरचना अनुसारको तहको व्याख्या र अधिकार समेत तोक्न माग गरिएको छ । हाल कांग्रेसको विधान समितिले पार्टीलाई बुझाएको विधानको मस्यौदामा भने पार्टीको आठ तहको संरचना प्रस्तावित छ । बुधबारको छलफलमा बोल्ने अधिकांश जिल्ला सभापतिहरुले तल्लो तहसम्म अधिकार दिए मात्र पार्टी पहलिेको अवस्थामा पुग्ने धारणा राखेका थिए ।
भेलामा विधान समितिमा रहेका दुई जना जिल्ला सभापतिहरु ललितपुर सभापति मदन अमात्य र रोल्पा सभापति अमरसिंह पुनले विधानमा आएको प्रस्तावका बारे जिल्ला सभापतिहरुलाई प्रष्ट्याएका छन ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.