योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भ, प्रचारप्रसार तथा समारोह व्यवस्थापनलगायत काममा सरकारले ६७ लाख रूपैयाँ खर्च गरेको जानकारी दिएको छ । सरकारले उक्त कार्यक्रमको लागि करोडौं रुपियाँ खर्च गरेका भनेर आलोचना भइरहेको अवस्थामा सरकारले सरकारी कोषबाट ६७ लाख २३ हजार ७ सय ५० रूपैयाँ खर्च गरेको जानकारी दिएको हो । मंसिर १० गते सम्पन्न मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटा अर्थ मन्त्रालयले सामाजिक सुरक्षा कोषलाई सो रकम उपलब्ध गराएको जानकारी दिए । पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सञ्चारमाध्यमप्रति आक्रोश व्यक्त गरेका छन् । उनले आफ्ले भन्दै नभनेको विषयमा समेत सञ्चार मन्त्रीले यस्तो आदेश दियो भनेर समाचार आएको भन्दै समाचारको स्रोत पुष्टि गरेर मात्र समाचार लेख्न आग्रह गरे । उनले राम्रा काम गर्दा समेत हरतरहले सरकारको बदनाम गर्न खोजिएको आरोप लगाउँदै परिवर्तन रातारात सम्भव नभएको बताए । मन्त्री परिषद बैठकले नेपाल सरकार र क्याम्बोडिया सरकारबीच हुने हवाई सेवासम्बन्धी सम्झौतामा नेपाल सरकारका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री÷सचिवलाइप्रारम्भिक हस्ताक्षर गर्न स्वीकृति दिने,रेल्वे ऐन, २०२० खारेज गरी रेल्वेसम्बन्धी विधेयक, २०७५ तर्जुमा गर्न सैद्दान्तिक स्वीकृति प्रदान गर्ने तथा नेपाल सरकार तथा भारत सरकारबीच सुरक्षासम्बन्धी विषयको नेपाल–भारत सुरक्षासम्बन्धी द्वीपक्षीय परामर्श समूहको बैठक मंसिर २७ र २८ गते काठमाडौंमा गर्न स्वीकृति दिइएको छ । यस्तै गत मंसिर ५ गते सुनसरी जिल्लाको दुहवी नगरपालिकामा अज्ञात व्यक्तिबाट गोली प्रहार भई मृत्यु भएका फिदा हुसेनको परिवारलाई र गत मंसिर ७ गते गोली प्रहारबाट मृत्यु भएका कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका–४ का राजबाबु भनि चिनने दिपेन्द्र चौधरीको परिवारलाई राहत स्वरूप १०÷१० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय भएको मन्त्री बाँस्कोटाले जानकारी दिए
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.