सरकारले सिके राउतसँग गरेको सहमति अपरिपक्व : पौडेल

0
913
Nepali Congress President Ram Chandra Paudel speaks at the House meeting, on Sunday, November 8, 2015. Photo: RSS

 

रुपन्देही, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सिके राउतसँग गरेको सहमति अपरिपक्व निर्णय भएको टिप्पणी गर्नुभएको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज आयोजना गरेको पत्रकार भेटघाटमा नेता पौडेलले पृथकतावादी गतिविधि गरेको समूहलाई सहमतिमा ल्याउनु राम्रो भए पनि यसले अनेक आशङ्का पैदा गरेको बताउनुभयो । “ सहमतिमा कालान्तरमा जनमत सङ्ग्रहको कुरा आएको छ, राष्ट्रको स्वाभिमान र अखण्डताका लागि जनमत सङ्ग्रह मान्य हँुदैन ।” नेता पौडेलले सहमति पछि विभिन्न कुरा आएकोले सरकारले छिटो शङ्काको निवारण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सिके राउतले जनमत सङ्ग्रहका लागि सरकार तयार रहेको भन्दै हिँडेका छन्, यो आपत्तिजनक छ ।”