बि.पी.अध्ययन प्रतिष्ठान क्यानेडाको अध्यक्षमा बसन्त कार्की

0
1129

   संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल प्रति प्रतिवद्धका साथ लोकतान्त्रिक समाजवादी राष्ट्र निर्माणमा क्रियाशिल एव महामानब बि.पी.कोइरालाको मार्गदर्शनमा समपृत बि.पी. अध्धयन प्रतिष्ठान केन्द्रिय कार्य समिती ले क्यानेडाको अध्यक्षमा बसन्त कार्की लाई मनोनित गरेको छ ।नेपाली जन सम्पर्क समिती क्यानेडाको महामन्त्रि समेत रहेका कार्की लाई क्यानेडामा रहेका सम्पुर्ण लोकतन्त्रवादी र प्रजातन्त्रवादी जनसमुदाय बिच सम्बाद सहकार्य बहस छलफल मार्फत अझबढी मजबुत संगठित बनाउनको लागी यस किसीमको जिम्मेवारी दिइएको प्रतिष्ठान का केन्द्रिय अधध्यक्ष धमेृन्द्र नेम्वाङ्ग ले बताउनु भयो । लोकतान्त्रिका गणतन्त्र स्थापनाका लागी पार्टि तथा विभिन्न भातृ संस्थामा उल्लेखनिय भुमिका खेल्नुभएका कार्की लाई पार्टिमा निडर स्पष्ट हक्कि स्वभाव एवं प्रखर बक्ता का रुपमा हेर्ने गरीएको छ । उहाँको यस किसीमको विशेषताले नै पार्टि तथा संगठन निर्माणमा अतुलनिय भुमिका खेल्ने हुदा उहाँलाई यस किसीमको जिम्मेवारी दिएको नेपाली काँग्रेसकी नेतृ लक्ष्मी पाण्डे बताउनुहुन्छ ।यसै गरी महामन्त्रि कार्कीलाई प्रतिष्ठाको अध्यक्ष मनोनित भएको अवशरमा जन सम्पर्क समिती ले एक कार्यक्रमका बिच भव्य स्वागत एव सम्मानको आयोजना गरको थियो सो अवसरमा बोल्दै नेपाली जन सम्पर्क समिती क्यानेडाका सभापति बुद्धि प्रकाश वली ले लोकतन्त्र र प्रजातन्त्रमा बिधी को शासनमा सबै अट्नु पर्ने बताउनुभयो साथै दुई तिहाई बहुमत प्रप्त सरकार दिनदिनै भ्रष्टचार र अहमताको चंगालमा फस्दै गएकोले बिदेश बस्ने नेपाली हरुले खबरदारी गर्नुपर्ने मा जोड दिनु भयो उहाँले १० बर्ष लामो जनयुद्धका कारण बिदेशी भुमीमा रगत र पसिना बगाउ परेको तितो यथार्थ सुनाउदै देश मा समृद्धि र शान्तिको स्वास फेर्न का लागी नेपाली काँग्रेस कै सरकार ल्याउनुपर्नेमा जोड दिनु भयो ।उहाँले नेपालमा द्धन्द पिडीत दुर्गमका बालबालिका को शिक्षाको लागी बि.पी.प्रतिष्ठान क्यानेडा च्यापटर मार्फत बि.पी. अध्ययन प्रतिष्ठान केन्द्र लाई ५०,००० रुपैया सहयोग गर्ने  बचन दिनु भएको थियो ।
 कार्की ले क्यानेडा मा रहेका सम्पूण लोकतन्त्रबादी शक्तिहरुलाई एक सुत्रमा ल्याने जिम्मेवारी अब आफ्नो काँधमा आएको र सो को लागी कुनै कसुर आफ बाट बाँकी नरहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो सोही अवशर मा उहाँले बि.पी. प्रतिष्ठान क्यानेडा जन सम्पर्क समिती क्यानेडा कै मातहतमा रहेर काम गर्ने समेत बचन दिनुभयो यसै बिच क्यानेडामा केही लोकतन्त्राबादी साथीहरुले खोलेका विभन्नि संस्थाहरुले जन सम्पर्क समिती संग आवद्ध हुनु पर्नेमा जोड दिनुभयो भने केहि संस्थाहरुले जन सम्पर्क समिती संगै समानान्तर जस्तो हुने गरी क्रियाक्लाप संचालन गरेको मा चिन्ता व्यक्र गर्नुभयो यसका साथै सबै लोकतान्त्रिक मुल्य र मान्यता बोकेको संघ संस्थाहरुलाई एउटै झण्डामुनी गोलबन्द हुन आव्हान पनि गुर्न भयो ।