हावाहुरीले बनायो सुदुरका कैलाली कञ्चनपुर तहसनहस , उजाड बस्तीमा छिर्यो काँग्रेस

0
690

दीपेन्द्र बस्नेत
पुनर्वास ।
बिहीवार बेलुका आएको हावाहुरीका कारण पश्चिम नेपालको सुदुर पश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा  १ जनाको ज्यान गएको छ भने  ठूलो संख्यामा घर लगायतका भौतिक संरचना क्षेती भइ उजाड बनेको बस्तीको अनुगमनमा काँग्रेसको टोलि पुगेको छ  ।

बिहिबार आएको हावाहुरीमा परेरे कैलालीको गोदावरी नगरपालिका मझगाउँका  २६ वर्षीय वीरबहादुर चौधरीको ज्यान गएको छ कैलालीका एसपी सुदीप गिरीले बताए।

‘हावाहुरीका कारण कैलाली कञ्चनपुरमा धेरै जना घाइते भएको अनुमान सुरक्षा निकायले गरेको छ । पिडित र क्षेतिको बिबरण संकलन भइ रहेकाले एकिन डाटा आउन बाँकीनै रहेको छ ।
हावाहुरीले कैलाली र कञ्चनपुरमा  बिजुलीका पोल ढालेकोले विद्युत आपूर्ति ठप्प बन्न पुगेको छ । हावाहुरीले कञ्चनपुरको दक्षिणी क्षेत्रमा समेत ठूलो क्षेती पुगाएको छ । मानवीय क्षेती नभए पनि दक्षिणी क्षेत्रका ४वटै स्थानीय तहमा हावाहुरीले क्षेती पुगाएको छ । हावाहुरीले बेलडाँडी , लालझाडी , बेलौरी र पुनर्वासका धेरै घरहरु र बिधालयमा क्षेती पुगाएको छ । हावाहुरीले कृषकहरुको केरा खेती समेत नष्ट गरेको छ ।
हावाहुरीबाट प्रभावित क्षेत्रहरुमा राहत  उद्धार र क्षेतिको अबस्था बुझ्न नेपाली काँग्रेसका नेता तथा पुर्व साँसद दिवानसिंह बिष्ट , पुर्व क्षेत्रीय सभापति हरेन्द्र बिष्ट , क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्याय लगायत नेताहरु सम्मीलित काँग्रेसको टोलिले बेल्डाँडी गाउँ पालिकामा क्षेती पुगेका गाउँ टोलहरुमा  अनुगमन गरेको छ । हावाहुरीले कञ्चनपुरको दक्षिणी क्षेत्रको पुनर्वासमा पनि ठूलो क्षेती पुगाएको छ । हावाहुरीले स्थानियका घर र बिधालयका  छाना उडाएको छ , केरा खेती र आँप नष्ट गरेको छ ।