कृषि क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी निकायहरू विच नेटवर्किङ बैठक

0
837

चिल्डे«न–नेपालको आयोजनामा  कास्की र तनहुँ जिल्लामा कृषिका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी निकायहरूसिबच नेटवर्किङ बैठक सम्पन्न भयो । कृषिका क्षेत्रमा काम गर्दाको आपसी कार्य अनुभव आदान प्रदान, समस्याहरूको पहिचान गरी समाधानका लागि सामुहिक पहलको खोजी तथा स्रोतको डुब्लीकेशन हटाई स्रोत पहिचालनमा प्रभावकारीता ल्याई  कृषिको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त बैठकको सहजीकरण चिल्डे«न–नेपालका बरिष्ठ कार्यक्रम अधिकृत शिवशर्मा चापागाईले गर्नुभएको थियो । उक्त बैठकको अवसरमा तनहुँ र कास्की जिल्लामा कृषिको क्षेत्रमा कार्यरत २२ वटा सरकारी तथा गैरसरकारी निकायका २५ जना प्रतिनिधीहरूको सहभागिता रहेको थियो । बैठक उपस्थित अर्गानिक खेती सञ्चालन गरेका कृषक प्रतिनिधीहरूले आफूहरूले उत्पादन गर्ने कृषि उपजमा रासायनिक र हानिकारक विषादीको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकुल असर पारेकोले आफूहरूले किसानहरू संगठीत भई  अर्गानिक खेती गर्न थालेपनि राज्यको तर्फबाट खासै सहयोग हुन नसकेको बताएका थिए । बैठकमा उपस्थित सहभागीहरूले अर्गानिक खेतीको प्रवर्धन गर्न राज्यको तर्फबाट नै नीतिगत व्यवस्था गरी यसको प्रवर्धन नगरेसम्म कृषिको क्षेत्रमा ठोस उपलब्धी हुन नसक्ने बताए ।

फल्लापानी कृषक समूहका अध्यक्ष भरत दाहालले चिल्डे«न–नेपालको सहयोगमा म्याग्दे गाउँपालिकाको गुञ्जरा, र अन्नपूर्ण गाउँपालिकाको फल्लापानी र लेवाडे समुदायका किसानहरू संगठित भई अर्गानिक खेतीको थालनी गरेको र सोको लागि संस्थाद्वारा नियमित रुपमा प्राप्त सहयोग प्रति चिल्डे«न–नेपाललाई प्रशंसा गर्नुभयो । सहभागीहरूले खेतवारी रासायनिक र विषादी प्रयोग नगरी प्राङग्रारिक कृषि उत्पादन गर्दा बजारको अस्वस्थ्य प्रतिस्पर्धा, जनसमुदाय विषादी युक्त खाद्यान्न, फलफूलको प्रयोगले आफ्नो स्वास्थ्यमा पर्ने असरबारे सचते नहुँदा अर्गानिक उत्पादनले बजार पाउन नसकेको अनुभव व्यक्त गरे ।
बैठकको अन्त्यमा सबै सहभागीहरूले अर्गानिक खेतीको प्रवर्धनका लागि सबै संगठित भई सब अगाडि बढ्न चिल्डे«न–नेपाल सचिवालय रहने गरी एक नेटवर्कको स्थापना गरे ।