पोखरामा जिक्सर स्टन्ट मानिए कार्यक्रम , युवाहरुले लिए मनोरञ्जन

0
1078

सुजुकि मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजि अटोमोबाईल्स र पोखरा को लागि आधिकारिक बिक्रेता हिमालय अटो वर्ल्ड ले संचालन गरेको सुजुकि जिक्सर स्ट्रिट स्टन्ट मानिया कार्यक्रम तथा प्रत्यक्ष कन्सर्ट कार्यक्रम पोखरा सभा गृह मा सम्पन्न भएको छ। सुजुकि को हाल मात्रै नेपाली बजारमा भित्रिएको जिक्सर २५० सिसि को पावर तथा पर्फमेन्स लाई प्रत्यक्ष रुपमा देखाउने अभिप्राय ले संचालन गरिएको कार्यक्रम मा राईडर हरुले देखाएका कला बाट पोख्रेलि युवा हरु ले निकै नै मनोरन्जन लिएका थिए। प्रख्यात राईडर डि आर आयु, राम सरदार तथा गौरब ले स्टन्ट प्रस्तुति दिएका थिए। साथै नेपाल बिरलै देख्न पाईने अन्तरास्ट्रिय राईडर को सुरक्षित चालकि कला लाई पोखरा मा प्रत्यक्ष हेर्ने मौका सुजुकि ले प्रथम पटक मिलाएको हो। स्टन्ट हेर्नका लाग िआएका गोर्खार्ली रिकन्डिसन का संचालक रंजित रोक्का ले आफु लाई जिक्सर २५० को पावर तथा राईडर को राईडिङ्ग पर्फमेन्स ले निकै लोभ्याएको जानकारि दिए। सुजुकि ले आफ्नो २५० सिसि मोडेलका बाईक हरुको र्यालि गरि बजार परिक्रमा गराएका थिए। सुजुकि सोरुम नयाँ बजार बाट सुरु भएको र्यालि पृथ्बीचोक , छोरेपाटन, लेकसाईड, सृजना चोक, न्यु रोड हुँदै सभागृह मा आएर सम्पन्न भएको भिजि सुजुकि पश्चिम नेपाल का बिक्रि प्रबन्धक धनीराम भुसाल ले जानकारि दिए। म्यालोडि गायक अलमोडा राना उप्रेती ले आफ्ना प्रस्तुति हरुले कार्यक्रम मा थप हौसला थपेका थिए। साथै एक जना ७७ बर्षिय बृध्द ले राना संगै नाचेर साथ दिदा कार्यक्रम को माहोल थप रोचक बन्न पुगेको थियो । बिदेसी पर्यटक हरुले समेत राईडिङ्ग तथा सांस्कृतिक कार्यक्रम को मज्जा लिई रहेका देखिन्थे। सुजुकि मोटर्स ईन्डिया द्वारा उत्पादित जापानिज प्रबिधिको जिक्सर बाईक मा २५० सिसि को इन्जिन क्षमता, २६।५ बिएचपि पावर, एफ। आई। प्रबिधि, सुजुकि आयल कुल्ड प्रबिधि, ६ गियर ट्रान्समिसन, रेडियल टायर, स्पिलिट सिट, फुल्लि डिजिटल ईन्सट्रमेन्ट जस्ता विशेष प्रबिधि सहित का बिशेषता रहेको भिजि सुजुकि का बजार प्रमुख समित सिङ ले जानकारि दिए। यो एउटा कम्प्याक्ट मोडल रहेको साथै यसमा नेकेड भर्जन तथा स्पोर्टि फेयरिङ्ग भर्जन गरि ३ मोडल मा उत्पादन गरिएको सिङ ले जानकारि दिए। साथै सुजुकि ले आफ्ना सम्पुर्ण उत्पादनमा ५ बर्ष सम्मको वारेन्टी सुबिधा प्रदान गर्दै आएको छ। सुजुकि ले स्टन्ट मानिया काठमाडौं पछि पोखरामा सम्पन्न गरेको हो । पोखरा क्षेत्र लाई नेपाली बाईक सौखिन हरुको पकड क्षेत्रको रुपमा लिने गरिन्छ। त्यसकारण पनि सुजुकि ले आफ्नो पावर फुल मोटरसाईकल लाई प्रत्यक्ष कलात्मक रुपमा प्रदर्शन गर्न लागेको हो।