कास्की । नेपाली काँग्रेस कास्कीले आगामी मंसिर १४ गते हुने कास्की- २ को उपनिर्बाचनमा नेपाली काँग्रेसलाई जिताउन चुनाबी प्रचारप्रसार अभियानलाई तीब्र पारेको छ । चुनाब प्रचारप्रसार अभियानलाई प्रभाबकारी र ब्यबस्थित बनाउन
पोखरा – २०, साविक भलाम र मौजामा सोमबार चुनाव प्रचार प्रसार समितिको कार्यालयको उद्घाटन गरिएको छ । कार्यलयको गण्डकी प्रदेश सभा सदस्य विन्दु कुमार थापा र काँग्रेस कास्की २ का क्षेत्रीय सभापति मधु बास्तोलाले संयुक्तरुपमा उद्घाटन गरेका थिए। वडा ईकाई समिति सभापति तिल बहादुर गुरुङ्गको अध्यक्षतामा कार्यक्रम भएको थियो । पोखरा २० वडा चुनाव प्रचार प्रसार समितिको संयोजकमा प्रदेश सभा सदस्य मा विन्दु कुमार थापा, सह संयोजक महासमिति सदस्य दिपक गुरुङ्ग, सदस्यमा महिला संघ नगर समिति सभापति माया बराल, महिला नेतृ सरस्वती गुरुङ्ग, जिल्ला तरुण दल उप सभापति दिपक गुरुङ्ग, वल्लभ केसी, भवसागर बराल र खेम गुरुङ्ग रहेका छन् । उपचुनाबलाई लक्षित गरेर महिला, दलित, युवा, संघ सस्था समन्वय, भुपु सैनिक, पूर्व कर्मचारीका उपसमिति संगै हरेक टोल तथा गाउँ गाउँमा विभिन्न उपसमिति गठन गरिएको पोखरा -२० चुनाब प्रचारप्रसार समितिका संयोजक बिन्दु कुमार थापाले पोखरा पोष्टलाई जानकारी दिए । नेपाली काङ्ग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाएको छ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.