पोखरा बिश्व बिद्यालयमा फिजियोथेरापी एशोशियसन गठन

0
863

कास्की । फिजियोथेरापी बिषयलाइ सुधार र बिद्यार्थीका समस्याहरुलाई सहजीकरण गर्ने उदेश्यले पोखरा बिश्व बिद्यालयमा विद्यार्थीको एक भेलाले पोखरा बिश्व बिद्यालय फिजियोथेरापी एसोसिएसन नामक गैर राजनीतिक एवम् गैर नाफामुलक संस्था गठन गरेका छन ।
संस्थाको अध्यक्षमा समीक्षा बराल ,उपाध्यक्षमा मनिषा राना, उपाध्यक्षमा रविता गिरी ,सचिबमा सृजना चौधरी ,सह(सचिबमा सास्वोत न्यौपाने, कोषाध्यक्षस्मा समिक्षा भट्टराई सह(कषाध्यक्षमा अनु ठाकुर रहेका छन् ।त्यसैगरी सदस्यहरुमा स्रक्षा गौतम , आरती घोरसिने , सृष्टि बराल रहेका छन् । वरिष्ठ सल्लाहाकारमा प्रकट खनाल रहनु भएको छ ।

पोखरा बिश्व बिद्यालयमा फिजियोथेरापी बिषय पहिलो मेडिकल बिषयको रुपमा स्थापित भएको छ । फिजियोथेरापी बिषयको पठनपाठन गत बर्षदेखि पोखरा बिश्व बिद्यालय सुरु भएको हो । बिश्वबिद्यालयको फिजियोथेरापी बिषयलाइ सुधार र बिद्यार्थीका समस्याहरुलाई सहजीकरण गर्ने संस्थाको उदेश्य रहेको अध्यक्ष समीक्षा बरालले पोखरा पोष्टलाइ जानकारी दिनुभयो । फिजियोथेरपी नया बिषय भएको नेपालमा यसको महत्वका बिषयमा आम नागरिकहरुलाई कम जानकारी रहेको भन्दै संस्थाले बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्ने संस्थाका वरिष्ठ सल्लाहाकार प्रकट खनालले बताउनु भयो । त्यसै गरि बिश्वबिद्यालयमा रहेका शिक्षक, संघ, संस्थाहरुसंग सहकार्यका साथै बिद्यार्थीहरुको फजुल खर्च कटाएर संस्थालाइ आर्थिक रुपमा अब्बल बनाउने कोषाध्यक्ष समिक्षा भट्टराईले बताउनु भयो ।