‘ब्रेकअप र चौका दाउ’सँगै निखिलको ‘भिलेन’

१९ कार्तिक २०७५, सोमबार

पौष २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘भिलेन’को फस्टलुक रिलिज गरिएको छ । नायक निखिल उप्रेतीको मुख्य भूमिका रहेको यो चलचित्रको फस्टलुकमा उनलाई मात्र देखाइएको छ । चलचित्रमा शिल्पा पोखरेल, निशा अधिकारी लगायतका कलाकारको पनि मुख्य भूमिका छ । चलचित्रमा निखिल शिर्ष भूमिकामा देखिएका छन् । वितरक सुनिल मानन्धरले यो डेट फाइनल गरेका हुन् । […]

प्रसाद ट्रेलरः विपिन र नम्रताको प्रेममा निश्चल बाधक [भिडियो]

१७ कार्तिक २०७५, शनिबार

अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ स्टारर फिल्म ‘प्रसाद’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। दिनेश राउतको निर्देशन रहेको फिल्ममा अभिनेता निश्चल बस्नेत पनि प्रमुख भुमिकामा देखिएका छन्। शुक्रबार साँझ रियालिटी सो नेपाल आइडल कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलरमा विपिन र नम्रताको प्रेममा निश्चल बाधक बनेको देख्न सकिन्छ। प्रेम, मिलन र पारिवारिक माहोलबीच सन्तान अवाभले मानसिक रुपमा पिरोलिएका […]

‘मेरो माया कतारमा’मा सोनिका र बर्षाको हट डान्स भिडियो सहित

१७ कार्तिक २०७५, शनिबार

पौषको २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चौका दाउ’मा समावेश ‘मेरो माया कतारमा’ बोलको गीत सार्वजनिक भएको छ । पुर्‍नेन्दू झाको निर्देशनमा तयार भएको यो चलचित्रमा कथा र संगीत शम्भुजित बास्कोटाको छ । गीतमा शम्भुजित बास्कोटा र सुमन गुरुङको स्वर, श्रीपुरुष ढकालको शब्द छ । चलचित्रको यो गीतमा नायिका बर्षा राउत र कलाकार अजश्र ढुंगाना […]

देउसी गीत लिएर आए प्रकाश सपुत र सुनिता दुलाल [भिडियो]

१३ कार्तिक २०७५, मंगलवार

प्रकाश सपुत र सुनिता दुलालको नयाँ देउसी गीत ‘उज्यालो तिहार’ सार्वजनिक भएको छ। नेपालीहरुको रमाइलाे पर्व तिहारको संघारमा उक्त गीत सार्वजनिक भएको हो। तिहार सम्बन्धित मौलिक शब्द र लोक लयमा तयार देउसी गीतमा गायक सपुतकै शब्द, संगीत छ। गीतमा सपुत र सुनिताका साथमा डिबी गुरुङ, अर्जुन सुनम र टीका पुनले पनि स्वर दिएका छन्। सार्वजनिक भिडियोमा […]

 लभ स्टेशन  दार्जिलिङमा सुटिङ हुने

७ कार्तिक २०७५, बुधबार

  दार्जिलिङमा सुटिङको काम धमाधम भइरहेको फिल्म ” लभ स्टेशन ” शत प्रतिशत दार्जिलिङमा सुटिङ हुने पहिलो नेपाली चलचित्र हुने निर्माता गोविन्द शाहीले बताएका छन् । लोकप्रिय अभिनेता प्रदीप खड्का र नायिका जसिता गुरुङ अभिनीत नयाँ चलचित्र ‘लभ स्टेशन’को अहिले दार्जिलिङमा धमाधम छायाँकन भैरहेको छ । असोज ११ गतेबाट छायाङ्कन सुरु भएको चलचित्रको आधा सुटिङ […]

जय भोलेले दुई दिनमा नघायो करोड

७ कार्तिक २०७५, बुधबार

चलचित्र जय भोलेले दुई दिनमा एक करोड ४ लाख रुपैयाँको व्यापार गरेको निर्माण पक्षले जनाएको छ । ३० असोजमा  देशव्यापी सिनेमा हलमा उक्त फिल्म रिलिज भएको हो । निर्माता निर्देशक अशोक शर्माले निकै लामो समयपछि राम्रो सिनेमा हर्न पाएको प्रतिक्रिया दर्शकबाट पाएको बताए । शर्माका अनुसार फुलपातीको दिन भन्दा अष्टमीको दिन जय भोलले निकै राम्रो व्यापार […]

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ दर्शकको मन जित्न सफल

४ कार्तिक २०७५, आईतवार

  काठमाडौँ,  ‘यस्तो भोज यहाँ भइरहन्छ रु’ पढाइ बन्द गरेर विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षका छोराको विवाह भोज गरिरहेको उजुरी परेपछि अनुगमनका लागि जिल्ला शिक्षा कार्यालयबाट आएका कर्मचारीले जवाफ पाए–‘होइन कहिलेकाहीँ पढाइ पनि हुन्छ।।।’ सामुदायिक विद्यालयमा भएको अति राजनीतिक चित्रण र त्यसलाई कसरी सुधार्न सकिन्छ भन्नेमा केन्द्रित नेपाली चलचित्र ‘छक्कापञ्जा–३’ को यो संवाद रमाइलोको विषय नबन्न […]

नेपालीलाई करोडपति बनाउँदै हमाल

२१ आश्विन २०७५, आईतवार

अभिनेता राजेश हमालले नेपाली दर्शकलाई करोडपति बनाउने भएका छन् । अन्तराष्ट्रिय रुपमै लोकप्रियता हाँसिल गरेको बौद्धिक खेल कार्यक्रम हु वान्ट्स टु बी ए मिलिनेयरको नेपाली संस्करणको रुपमा ‘को बन्छ करोडपति नेपाल’ नेपालमा प्रशारण हुन लागेका अभिनेता राजेश हमालले बताएका छन् । भारतमा लोकप्रियता हाँसिल गरेको प्रतियोगितामुलक कार्यक्रम ‘कौन बनेगा करोडपति’ नेपालीहरुबीच पनि लोकप्रिय रहेकाले आफुहरुले […]

एयर होस्टसका लागि मिस एभिएसन

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं – विमान परिचारिका अर्थात एयर होस्टसको प्रशिक्षण लिइरहेका तथा यो विधामा रुची राख्ने युवतीका लागि सौन्दर्य प्रतियोगिता ‘मिस एभिएसन क्विन–२०१८’ आयोजना हुने भएको छ । टच ईन्टरटेन्मेन तथा स्पर्श फिल्मस्ले पहिलो पटक ‘मिस एभिएसन क्विन–२०१८’ आयोजना गर्ने घोषणा गरेको हो । असोज महिनाको अन्तिम साता आयोजना हुने उक्त प्रतियोगिताको ग्राण्ड फिनालेका लागि काठमाडौंमा अडिसन […]

तीजको लहर आयो बरि लै : तस्विरमा हेर्नुहोस् कलाकारको तीज

२८ भाद्र २०७५, बिहीबार

काठमाडौँ । आज  नेपाली महिलाहरूको महान चाड हरितालिका तीज । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । गएराती दरखाने र आज ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । यस पर्वलाई कलाकारहरुले पनि भव्यताका साथ मनाएका छन् । रातो साडीमा सजिएका कलाकाहरुको […]