विधान संशोधन मस्यौदामाथि काङ्ग्रेसको छलफल जारी

१४ मंसिर २०७५, शुक्रबार

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विधान संशोधन मस्यौदामाथि छलफल जारी राखेको छ । मुलुक सङ्घीय संरचनामा गएपछि पार्टीको विधानलाई पनि सोहीअनुसार लैजान विधान संशोधन समितिले तयार पारेको विधान मस्यौदामाथिको छलफल आज पनि जारी छ । काङ्ग्रेसले यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुन लागेको महासमिति बैठकमा राखिने विधानलाई अन्तिम रुप दिन छलफल जारी […]

पूर्वप्रधानमन्त्री विष्ट नेपालीको सम्मानित व्यक्तित्व : प्रधानमन्त्री ओली

१४ मंसिर २०७५, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टलाई महान् देशभक्त र राष्ट्रवादी नेताका रुपमा नेपाल र नेपाली जनताले स्मरण गरिरहने बताउनुभएको छ । ‘कीर्तिनिधि विष्ट : प्रखर राष्ट्रवादी नेता’ नामक पुस्तकको आज यहाँ आयोजित कार्यक्रममा लोकार्पण गर्दै उहाँले देशभक्त नेताका रुपमा नेपालको इतिहासमा अङ्कित विष्टको नाम कहिल्यै नमेटिने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “शब्दमा मात्र […]

‘सामाजिक सुरक्षा योजना’ दूरगामी महत्वको निर्णय : नेकपा अध्यक्ष दाहाल

१४ मंसिर २०७५, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम दूरगामी महत्वको निर्णय भएकोे बताउनुभएको छ । नवलपरासी पूर्वको कावासोती–१७ ढोकीमा रहेको त्रिभुवन बाल माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन समारोह तथा स्वर्ण स्तम्भ अनावरण कार्यक्रममा सम्बोधन गर्दै उहा“ले सुरक्षाको दृष्टिकोणले योगदानमा आधारित सुरक्षा भत्ता जनता र श्रमिकले […]

त्रिपाठी कार्यदलको प्रतिवेदन मन्त्री बाँस्कोटालाई हस्तान्तरण

१४ मंसिर २०७५, शुक्रबार

मुलुकी अपराध (संहिता) ऐन, २०७४ लगायत कानूनी व्यवस्थासम्बन्धी गठित अध्ययन तथा सुझाव सिफारिश कार्यदलले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई प्रतिवेदन बुझाएको छ । सूचना तथा सञ्चारका क्षेत्रसँग जोडिएका विषयमा प्रश्न उठेपछि सरकारले वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा सञ्चारसँग सम्बन्धित प्रायःसबै संस्थाका प्रतिनिधि सदस्य हुनुहुन्थ्यो । सो कार्यदलले […]

‘ए’ डिभिजन लिग ःपुलिस र थ्रीस्टार विजयी

१४ मंसिर २०७५, शुक्रबार

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएका पाँचौँ चरणका खेलमा नेपाल पुलिस क्लब र थ्रीस्टार क्लब विजयी भएका छन् । थ्री स्टार क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० गोल अन्तरले पराजित ग¥यो । थ्री स्टारको जीतमा रञ्जन विष्ट नायक बने । रञ्जनले दुई गोल गरे । उनले खेलको २५औँ तथा ६६ औँ मिनेटमा […]

९१ वर्षीया महिलाको २३ वर्षीय युवकसँग विवाह, हनिमुनमा घट्यो यस्तो घटना

१४ मंसिर २०७५, शुक्रबार

      कहिलेकाँही संसारमा निकै अनौठो लाग्ने समाचारहरु आउने गर्छन् । यसै सिलसिलामा २३ वर्षीय युवकले ९१ वर्षीया वृद्धासँग विवाह गरेको समाचारले प्राथमिकता पाएको छ । विवाहपछि यस्तो घटना घट्न पुग्यो कि युवक जेल जाने अवस्थामा समेत पुगेका थिए । २३ वर्षीय उक्त युवक आफ्नो पढाइ पूरा गर्ने चक्करमा थिए तर उनीमाथि आर्थिक समस्या […]

काङ्ग्रेस नेपालको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी: देउवा

१४ मंसिर २०७५, शुक्रबार

काठमाडौँ, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस नेपालको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी भएको बताउनुभएको छ । इन्टरनेशनल युनियन अफ सोसलिष्ट युथ, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित युवा सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “काङ्ग्रेस स्थापनाकालदेखि नै नेपालको प्रजातन्त्रका लागि सङ्घर्षरत रहेको पार्टी हो ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले नयाँ संविधानका […]

आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष कैद सजायको फैसला

१४ मंसिर २०७५, शुक्रबार

चौतारा, जिल्ला अदालत सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले अभियुक्तबाट पीडितलाई रु ७० हजार क्षतिपूर्ति भराउनेसमेत फैसला गरेको श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिनुभयो । दुई वर्षअघि श्रीमतीको मृत्यु भएका अभियुक्तले मादक पदार्थ सेवन गरी सुतिरहेकी छोरीलाई जबर्जस्ती करणी […]

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सुजलको साथ

१४ मंसिर २०७५, शुक्रबार

भूतपूर्व खेलाडीमञ्च नेपालले सञ्चालन गर्दै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितालाई सुजल डेरीले साथ दिने भएका छन् । प्रतियोगिता सम्बन्धमा जानकारी दिने उद्देश्यका साथ आज यहाँ आयोजित पत्रकार सम्मेलानमा आगामी तीन वर्षसम्म म्याराथनको सञ्चालनका लागि मञ्च र डेरीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा सुजल डेरीका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले खेलकूदको माध्यमबाट पोखरा […]

पर्यटन बोर्डको एक अर्ब ७५ करोड बजेट पारित प्रवद्र्धन, जनसम्पर्क एवं प्रचारप्रसारलाई विशेष प्राथमिकता

१४ मंसिर २०७५, शुक्रबार

  काठमाडौँ, नेपाल पर्यटन बोर्डले आव ७५÷७६ का लागि करिब रु एक अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । बोर्ड सञ्चालक समितिले आर्थिक वर्ष शुरु भएको करीब चार महीनापछि बजेट स्वीकृत गरेको हो । बजेटले पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धन, जनसम्पर्क एवं प्रचारप्रसारलाई विशेष प्राथमिकता दिएको छ । बोर्डका कर्पोरेट सेवा विभागका निर्देशक सन्तोष […]