कालीखोलामा शव फेला

१५ कार्तिक २०७५, बिहीबार

  पोखरा,  पोखरा महानगरपालिका–२० भलामस्थित कालीखोलामा आज एक युवकको शव फेला परेको छ । पोखरा– १६ दीप बस्ने २२ वर्षीय अमृत बास्तोला मृतावस्थामा भेटिएको प्रदेश प्रहरीले जनाएको छ । ग १० प ८५४३ नम्बरको स्कुटरसहित बुधबारदेखि उनी हराएको पारिवारिक स्रोतले जनाएको छ । –––

डाँफे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा दयाराम आचार्य

१५ कार्तिक २०७५, बिहीबार

पोखरा ,डाँफे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औं बार्षिक साधारण सभा तथा चौथो अधिबेशनले दयाराम आचार्यको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति सर्बसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्ष,सचिब र कोषाध्यक्षमा क्रमशःइश्वरी प्रसाद बाँस्तोला,नारायण प्रसाद आचार्य र हिमलाल आचार्य रहेका छन ।त्यसैगरि सदस्यहरुमा बिष्णू कूमारी आचार्य बाँस्तोला,रामजी प्रसाद तिवारी ,राधिकाअधिकारी,सिता चाँपागाई र मूत्तिनाथ […]

काङ्ग्रेसको चियापानमा एक लाखलाई निम्ता

१५ कार्तिक २०७५, बिहीबार

  काठमाडौँ,  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गर्दैछ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राससलाई जानकारी दिनुभयो । काङ्ग्रेसले शुक्रबार काठमाडौँ उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ […]

खोलाको किनारमा युवतीको शव फेला

१५ कार्तिक २०७५, बिहीबार

  लहान,  सिराहा नगरपालिका–६ बसबिटास्थित कमला खोलाको किनारमा हिजो साँझ एक युवतीको शव फेला परेको छ । सनाखत हुननसकेको अन्दाजी २५ वर्षीया ती युवतीको शव उक्त खोलाको किनारसंगैको खेतमा फेला परेको हो । तराईवासी जस्तो देखिने युवतीको शव शव परीक्षणका लागि सिरहा जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो […]

ललितपुर महानगरपालिकाको तीन स्थानमा इकोपार्क बन्ने

१५ कार्तिक २०७५, बिहीबार

 ललितपुर महानगरपालिकाले पुल्चोकस्थित इञ्जिनीयरिङ अध्ययन सस्थान, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय भवन कम्पाउण्ड र जावालाखेलमा पर्यवरणीय÷हरियाली ( इकोपार्क ) निर्माण गर्ने भएको छ । यसका लागि महानगरले इञ्जिनीयरिङ अध्ययन सस्थानको अति सुन्दर एवं आकर्षक राणाकालीन मूल भवन तथा राष्ट्रसङ्घीय भवन वरिपरिका कमाउण्डको पर्खाल भत्काउने जनाएको छ । “ती दुई निकायका सहमतिमा नै त्यहाँका भौतिक संरचनामा कुनै असर […]

भाइटीकाको साइत ११ बजेर ५५ मिनेटमा

१५ कार्तिक २०७५, बिहीबार

  काठमाडौँ । यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि शुरु हुँदैछ। कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक २३ गते भाइटीका परेको छ । भाईटिकाको दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको […]