स्याङ्जा कांग्रेसको नेतृत्वको लागि राजु थापाको नाम चर्चामा

७ आश्विन २०७७, बुधबार

स्याङ्जा  ।  काँग्रेसको किल्ला भनेर चिनिएको स्याङ्जा जिल्लामा पछिल्लो समय कमजोर भएपछि पहिल्यै जस्तै बलियो बनाउन युवालाई नेतृत्व दिनु पर्ने माग उठेको छ। २०७४ सालको चुनावमा स्याङ्जामा एक प्रदेश क्षेत्र मात्रै जितेर अन्य सिट गुमाएको काँग्रेसले युवालाई नेतृत्वमा लगे चलायमान बनाएर किल्ला बनाउन सहज हुने भनाई कांग्रेस कार्यकर्ताहरुको छ । नेताहरूले संगठन बलियो बनाउन गाउँ […]

केन्द्रीय परिपत्र अनुसार नेपाल तरुण दल कास्कीले बाड्यो राहत

७ आश्विन २०७७, बुधबार

कास्की।    नेपाल तरुण दल कास्कीले गणेशमान सिंहको स्मृति दिवसको अवसरमा राहत बितरण कार्यक्रम गरेको छ। कार्यक्रम नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङको प्रमुख आतिथ्यता, तरुण दल कास्की क्षेत्र नं ३ का अध्यक्ष बिकास गुरुङको संयोजकत्व तथा तरुण दल माछापुच्छ्रे गाउँपालिका अध्यक्ष भरत गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो। माछापुच्छ्रे ८, ल्वाङ घलेल गाउँमा […]

देशलाई आज कुलमान शैली चाहिएको छ

७ आश्विन २०७७, बुधबार

    कुलमान घिसिङ ।  यो नाम दिनु मात्र पर्छ, नेपालमा सबैले सम्झन्छन् ती अध्यारा दिनहरु। र सम्झन्छन् अहिलेका उज्याला रातहरु ।अर्थात कुलमान र बिजुली पर्याबाची शब्द जस्तै भए ।धपक्क बलेको त्यो अनुहार न दम्भ न अहंकार शालीन सौम्य र सरल अर्थात् कुलमान घिसिङ ,आफ्नै कर्म लगाव र समर्पणले श्रेष्ठ  बनायो ।उनलाई आज ३ करोड नेपाली […]

प्रेस युनियन गण्डकी प्रदेश पार्षद् पत्रकार अथकलाई पितृशोक

५ आश्विन २०७७, सोमबार

पोखरा । नेपाल प्रेस युनियन कास्कीका गण्डकी प्रदेश पार्षद् कमल पौडेल‘अथक’ लाई पितृशोक परेको छ । उनको पिता डिल्लीराम पौडेलको ८० वर्षको उमेरमा आइतबार राति करीब ११ बजे आफ्नै निवास स्याङ्जा आधिखोला गाउँपालिका वडा नं ३ पाख्रीबोटमा निधन भएको हो । उनी केही समयदेखि फोक्सो सम्बन्धी समस्याका कारण प्रभावित थिए । उनको आज पर्वत मोदीवेणीमा […]

पोखरा लेडि जेसिजको जेसिज सप्ताह विभिन्न कार्यक्रम सहित असाेज  ५ गते देखि ११ सम्म 

४ आश्विन २०७७, आईतवार

  पोखरा  ।  पोखरा लेडि जेसिजको आयोजनामा विभिन्न कार्यक्रम सहित जेसिज सप्ताह २०२० भोलि  असाेज ५ गते सोमबारदेखि देखि ११ गते सम्म संचालन हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ। सात दिन सम्म संचालन हुने कार्यक्रमको बिस्तृत जानकारी सप्ताह कार्यक्रमका मुल संयोजक तथा सस्थाकी कार्य कारिणी उपाध्यक्ष जेसि अनिता थापा खड्काले दिनु भएको थियो । […]

सिद्धार्थ गौतम सहकारीको तालचोकमा सेवा केन्द्र शुभारम्भ

२ आश्विन २०७७, शुक्रबार

पाेखरा।सिद्धार्थ गाैतम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले   पाेखरा -२७ तालचाेकमा सेवा केन्द्र शुभारम्भ गरेको छ ।   सेवा केन्द्रकाे  शुक्रवार  शुभारम्भ गर्दै गण्डकी प्रदेश सभा सदस्य एवम् आर्थिक तथा विकास समितिका सभापति दिपक कोइरालाले  सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु पर्ने वताए ।अार्थिक,सामाजिक तथा साँस्कृतिक विकासमा सहकारीले महत्त्वपूर्ण भुमिका खेल्ने भन्दै उनले काेराेना कहरमा सहकारी अाफ्ना […]

एकै दिन देशभर भेटिए २०२० जना काेराेना संक्रमित

२ आश्विन २०७७, शुक्रबार

पाेखरा।देशभर एकै दिन थप २०२० जनामा काेराेना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ वटा पीसीआर परीक्षणमा २०२० संक्रमित भेटिएका हुन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

राष्ट्रियसभा सदस्यमा मनोनित गौतमले लिए पद तथा गोपनियताको सपथ

१ आश्विन २०७७, बिहीबार

काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् ।   राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारील मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।

पाेखरामा थप ६६ जनामा काेराेना संक्रमण पुष्टि

१ आश्विन २०७७, बिहीबार

पाेखरा।पाेखरामा थप ६६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ। बिहिवार पाेखरा- १५ मा कार्यरत ४० जना नेपाल प्रहरी सहित पाेखराका विभिन्न वडामा काेराेना संक्रमित थपिएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ । त्यसैगरी लमजुङका ५ र तनहुँका ३ जनामा कोरोना पुष्टि भएको छ । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२ सय ८० पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर थप १५३९ जनामा कोरोना संक्रमण

३१ भाद्र २०७७, बुधबार

पोखरा  ।  पछिल्लो २४ घन्टामा देशभर थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमका अनुसार १०४९४ जनामा गरिएको पीसीआर परिक्षणमा १५३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो। यो संख्या एकैदिनमा कोरोना संक्रमित भेटिएको अहिलेसम्मकै सबैभन्दा बढी हो ।यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५८ हजार ३२७ […]