पोखरा- ९ की ६२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

१५ कार्तिक २०७७, शनिबार

पोखरा  । पोखरामा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा- ९ की ६२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ । कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएर आईसियुमा रहेकी महिलाको आज बिहान ८ बजे निधन भएको हो । उनमा कोरोनासहित निमोनिया, डाइबिटिजको समस्या रहेको […]

बिपी कोइराला स्कुल अफ पब्लीक पोलिसी कास्कीको अध्यक्षमा पंगेनी

१४ कार्तिक २०७७, शुक्रबार

पोखरा। बि.पी कोइराला स्कुल अफ पब्लीक पोलिसी गण्डकी प्रदेश समितिले बि.पी कोइराला स्कुल अफ पब्लीक पोलिसी कास्कीको अध्यक्षमा नेपाली कांग्रेस कास्कीकी युवा नेता सरिता तिम्सिना पगेनीलाई मनोनीत गरेको छ । बिगत डेढ दशकदेखि कास्कीमा रहेर पत्रकारिता , लोकतन्त्र,मानब अधिकार र सामाजिक न्यायको पक्षमा काम गर्दे आएकी पगेनी नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य समेत हुन । […]

अमला विसौंनी घार्मी आलेवारी अम्वरेश्वर ग्रामिण सडकमा कालोपत्रे गर्ने कार्य शुरु

१४ कार्तिक २०७७, शुक्रबार

  पोखरा । कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित भएको अमला विसौंनी घार्मी आलेवारी अम्वरेश्वर ग्रामिण सडकमा कालोपत्रे गर्ने कार्य शुरु भएको छ । पोखरा महानगर पालिका वडा नं. १६ र १९ लाई समेटेर निर्माण भैरहेको करिव १२ किलोमिटर सडक अन्र्तगत हाल ४ किलोमिटर सडक खण्डमा ठेकेदार कम्पनी जि एस आर निर्माण सेवाले सडक निर्माणलाई […]

कोरोना संक्रमणका कारण पोखरा -१३ की ३६ बर्षीया महिलाको ज्यान गयो

१३ कार्तिक २०७७, बिहीबार

पोखरा । कोरोना संक्रमणका कारण पोखरामा ३ ६ बर्षीया महिलाको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा -१३ की ३ ६ बर्षीया महिलाको गएराती ज्यान गएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । कार्तिक ५ गते कोरोना संक्रमित भै कोभिड -१९ उपचारकेन्द्र पोखरामा भर्ना भएकी उनको गएराती ज्यान गएको हो । उनमा […]

मान्छेको मूल्य कति हो ?

१२ कार्तिक २०७७, बुधबार

डा. टीकाराम पोखरेल मान्छेको मूल्य कति हो ? परीक्षाको उत्तरपुस्तिकामा लेख्ने गरी यसको उत्तर पाउन सकिएको छैन । त्यसो त मान्छेको मूल्य नै हुन्छ कि हुँदैन भन्ने नै पनि बहसको विषय छँदैछ । भौतिकवादी युगमा हरेक कुरालाई मूल्यमा मापन गरिने हुँदा मान्छेको मूल्य नै हुँदैन भन्न पनि सकिँदैन । प्राकृतिक प्रकोपमा लाखौँ, करोडौँ वा यति […]

पोखरा महानगरको सेवा प्रवाह भोलि(बिहिबार)बाट सुरु हुने

१२ कार्तिक २०७७, बुधबार

  पोखरा । पोखरा महानगरपालिकाको सेवा भोलि (बिहिबार)बाट सुरु हुने भएको छ । महानगर कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम मुल समितिको बुधबार बसेको बैठकले बिहिबारबाटै बन्द सेवा सुरु गर्ने निर्णय गरेको हो । समितिका संयोजक महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले सुरक्षाका सबै उपायको अबलम्वन गदै सेवा सुरु गर्ने निर्णय गरेको हो । असोज […]

पाेखरामा नाे ट्रिटमेन्ट, नाे ट्याक्स अभियान सुरु

७ कार्तिक २०७७, शुक्रबार

पाेखरा।    पाेखरामा युवाहरूले नाे ट्रिटमेन्ट नाे ट्याक्स अभियान सुरु गरेका छन्।नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य देव कृष्ण पराजुलीकाे नेतृत्वमा अभियानकाे सुरुवात गरिएको हाे। काेराेना महामारीको समयमा जनताको स्वास्थ प्रति सरकार गम्भीर नभएको भन्दै सरकारलाई जिम्मेवार वनाउने उदेश्यले अभियान सुरु गरिएको पराजुलीले पाेखरा पाेष्टलाई जानकारी दिए। नेकपा सरकार अान्तरिक द्वन्द्वमा फसेको ,काेराेना महामारीलाई भ्रष्टाचार […]

देशकै ठूलो सबस्टेशन निर्माण सम्पन्न : बाह्र सय मेगावाट विद्युत् आयातनिर्यात गर्न सकिने

६ कार्तिक २०७७, बिहीबार

काठमाडौँ । देशकै हालसम्मकै सबैभन्दा ठूलो सबस्टेशनको रुपमा परिचित ढल्केबर सबस्टेशन नो लोडमा चार्ज भएको छ । कूल ४०० केभी क्षमताको सो सबस्टेशन बुधबार साँझदेखि नो लोडमा चार्ज भएको हो ।     ढल्केबर सबस्टेशन आयोजनाका प्रमुख शुक्र देवकोटाका अनुसार देशकै सबैभन्दा ठूलो पावर हवको काम सम्पन्न भएको छ । उक्त सबस्टेशन नेपालको विद्युत् क्षेत्रका […]

रक्तदान कार्यक्रमकाे अायाेजना गरि पाेखराकी ज्याेत्सना उदासले मनाईन जन्मदिन 

१ कार्तिक २०७७, शनिबार

पाेखरा ।  पाेखराकी ज्याेत्सना उदासले  रक्तदान कार्यक्रमकाे अायाेजना गरि जन्मदिन मनाएकी छन्। ९९ बर्षका हजुरबुबा दुधमान उदास र हजुरअामा सन्तमाया उदासकाे अभिभावकत्वमा उनले पहिलोपटक केक  नकाटिकन रक्तदान गरेर जन्मदिन मनाएको उनका बुवा प्रकाश उदासले जानकारी दिए। रक्त संचार केन्द्र कास्कीको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा  उनका आफन्तजन साथी भाईहरूले रक्तदान गर्नुभएको थियो । रक्तदाताहरू प्रकाशमान उदास, ज्योति […]

जन्मदिनमा  प्रेस युनियन डोटीका अध्यक्ष बमद्वारा अक्षयकोष स्थापनाका लागि सहयोग

१ कार्तिक २०७७, शनिबार

डोटी । नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोगको घोषणा गरेका छन् । नेपाल पत्रकार महासंघ डाटी शाखाका सहसचिव तथा हाम्रा कुरा डटकमका सम्वाददातासमेत रहेका बमले आफ्नो जन्मदिनको अवसरमा तेजु स्मृति अक्षयकोषका स्थापनाका लागि सहयोग गर्ने घोषणा गरेका हुन् ।   नेपाल प्रेस युनियन डोटी शाखाले शाखाका संस्थापक अध्यक्ष स्व. […]