बाघ पाईलाको बिमोचन बिकृति र बिसंगतिका बिरुद्ध बोल्दै बिकास र समृद्धिको यात्रा पछ्याउने अठोट

२९ मंसिर २०७७, सोमबार

पर्वत । प्राकृतिक सम्पदाताले सिंगारिएको पर्बतको फलेबास कार्किनेटाबाट बाघपाईला साप्ताहिकको आईतबारवाट प्रकाशन शुरु गरिएको छ । ग्रामिण पर्यटन, भौतिक पूर्वाधारको बिकाससँगै समाजका बिभिन्न क्षेत्रमा हुने बिकृति बिसंगतिका बिरुद्ध खबरदारी गर्दै जनताको सुख, शान्ति र समृद्धिका लागि सक्रिय पत्रकारिता गर्ने उदेश्यले प्रकाशित बाघ पाईला साप्ताहिकको कार्किनेटामा एक समारोहका बिच बिमोचन गरिएको छ । फलेबास नगरपालिका १ […]

कास्कीमा काँग्रेसकाे अहिलेसम्मकै विशाल प्रदर्शन ,प्रधानमन्त्रीकाे राजिनामा माग

२९ मंसिर २०७७, सोमबार

  कास्की ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारकाे दमन र सर्वसत्तावादकाे विराेधमा विशाल प्रदर्शन गरेको छ। प्रदर्शनमा कास्की काँग्रेस नेता कार्यकर्ताकाे उल्लेख्य सहभागीता रहेको थियाे।उनिहरुले भ्रष्ट अाेलि सरकार राजिनामा दे जस्ता नारा लगाएका थिए।   पोखराकाे विपि चाेकबाट शुरु भएको विराेध प्रदर्शन महेन्द्रपुल,नयाबजार हुँदै पृथ्वीचाेकमा पुगेर विराेधसभामा परिणत भएको थियाे। नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण […]

नेविसंघले निकाल्यो सरकार विरुद्ध पाेखरामा सिठ्ठी जुलुस

२८ मंसिर २०७७, आईतवार

पाेखरा।नेपाल विद्यार्थी संघ कास्कीले सरकार विरुद्ध पाेखरामा सिठ्ठी जुलुस निकालेको छ।नेपाल विद्यार्थी संघ कास्कीका निवर्तमान सभापति विकास थापाकाे नेतृत्वमा नेपाली काँग्रेसकाे पाटि कार्यलयबाट महेन्द्रपुल हुदै विपि चाेक चिप्लेढुङ्गा सम्म जुलुस निकालेकाे हाे। भाेलि मंसिर २९ गते हुन लागेको सरकार विरुद्धको बिराेध प्रदर्शन सफल वनाउन पुर्व सन्ध्यामा नेविसंघ कास्कीले सिठ्ठी जुलुस निकालेकाे नेविसंघ कास्कीका नेता विपिन […]

पत्रकार हिमनिधि लौडारीलाई पितृशोक

२७ मंसिर २०७७, शनिबार

 पोखरा  । हिमदूत दैनिकका प्रबन्ध सम्पादक हिमनिधि लौडारीलाई पितृशोक परेको छ । उहाका पिता गंगाराम लौडारीको ८७ बर्षको उमेरमा शनिबार निधन भएको हो । उच्चरक्तचापको कारण पीडित वहालाई उपचारको लागि अस्पताल जैजाने क्रममा वहाको निधन भएको परिवार श्रोतले बताएको छ । २००७ देखिनै नेपाली काग्रेस पार्टीमा क्रियाशिल स्व लौडारी पार्टीको हरेक आन्दोलनमा सरिक हुदै आउनु […]

मित्र मिलन पत्रकारिता पुरस्कार २०७७ पत्रकार भण्डारीलाई

२७ मंसिर २०७७, शनिबार

  कास्की । मित्र मिलन पत्रकारिता पूरस्कार २०७७ बाट पत्रकार बिमला भण्डारी सम्मानित हुनुभएको छ । मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सातौं वार्षिक साधारण सभाको अवसरमा भण्डारीलाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा अहम भूमिका खेलेको भन्दै पत्रकार भण्डारीलाई नगद २५ हजार, दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो । […]

पत्रकार दुर्गा अधिकारीद्वारा लिखित समाज,संञ्चार र राजनीति विषयक  पुस्तक सार्वजनिक

२७ मंसिर २०७७, शनिबार

  पाेखरा ।पत्रकार दुर्गा अधिकारीद्वारा लिखित ´समाज ,सञ्चार र राजनीति विषयक पुस्तककाे (लेख संग्रह ) विमाेचन गरिएको छ।शुक्रबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पुस्तककाे विमाेचन गरेका हुन् । पुस्तक विमाेचन समारोहमा बाेल्दै अध्यक्ष तिमिल्सिनाले पछिल्लो समय संचार माध्यमबाट प्रकाशन प्रसार हुने समाचारले कुनै एक ब्यक्तिले गलत काम गर्दा सबै राजनीतिकर्मी खराब हुन् भन्ने गलत सन्देश  […]

काँडे वराह कुण्डको उद्घाटन,काँडे वराहको शक्ति अद्भुत रहेको दावी

२५ मंसिर २०७७, बिहीबार

श्रीभद्र पौडेल पोखरा ।अन्नपूर्ण गाउँपालिका ३ स्थित काँडे वराह मन्दिर परिषरमा निर्माण गरिएको कुण्ड(पोखरी)को विहीवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कुण्डको उद्घाटन गदैं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् मन्दिरका संरक्षक कुलबहादुर गुरुङ कुलुले धर्म संस्कृतिको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले अन्य स्थानमा रहेका वराह मन्दिर भन्दा काँडे वराहको शक्ति अद्भुत रहेको दावी […]

दयाराम स्मृति मानव अधिकार सम्मान  डा. अधिकारीलाई र मानव अधिकार पुरस्कार गैरेलाई

२५ मंसिर २०७७, बिहीबार

  पोखरा । राष्ट्रिय मानव अधिकार आयोगबाट प्रदान गरिँदै आएको “दयाराम स्मृति मानव अधिकार सम्मान” यस वर्ष मानव अधिकारकर्मी तथा अभियन्ता डा. रेणु अधिकारी र “मानव अधिकार पुरस्कार” पत्रकार तथा मानव अधिकारकर्मी  झलक गैरेलाई प्रदान गरिने भएको छ । आयोगले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकार सम्मान तथा पुरस्कारको घोषणा गरेको आयोगका प्रवक्ता (सहसचिव) […]

सुशासनका लागि नागरिक समाज कास्कीको अध्यक्षमा वास्तोला

२४ मंसिर २०७७, बुधबार

  पाेखरा । सुशासनका लागि नागरिक समाज कास्कीको  बुधबार पाेखरामा सम्पन्न साताैं अधिबेशनले अग्रज पत्रकार रवीन्द्रनाथ बास्ताेलाकाे अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति निर्वाचित गरेकाे छ। समितिकाे  उपाध्यक्षमा श्यामनाथ कुँवर, सचिवमा विष्णु प्रसादअधिकारी, सहसचिवमा सिरोज कोईराला, कोषाध्यक्षमा विश्वमोहन अधिकारी रहेका छन्। सदस्यहरूमा विष्णु प्रसाद पौडेल, लोकनाथ गौतम, कुन्जिनी परियार प्यासी, मिलन थापा, उपेन्द्र पौडेल र शान्ति […]

प्रदर्शनको तयारीमा जुट्न भातृ तथा शुभेच्छुक संस्थालाई कास्की  काँग्रेसको  निर्देशन

२३ मंसिर २०७७, मंगलवार

  पोखरा। नेपाली काँग्रेस कास्कीले पोखरामा गर्ने प्रदर्शनलाई प्रभावकारी बनाउन मङ्गलबार भातृ तथा शुभेच्छुक संस्थासँग बैंठक तथा छलफल गरेको छ । पार्टीको मंशिर २९ गतेको देशव्यापी प्रदर्शन अन्तर्गत कास्की काँग्रेसले पनि तयारी शुरु गर्दै बैंठक तथा छलफल गरेको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । बैठकमा भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रमुख तथा पदाधिकारी सहभागी थिए […]