लुम्बिनीमा कांग्रेसका पाण्डेय राष्ट्रिय सभा सदस्य निर्वाचित

१७ जेष्ठ २०७८, सोमबार

  पाेखरा। लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन्। पाण्डेयले  ४१४० मत ल्याए भने खड्काले  ३५९४ मत पाए। कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम-उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन […]

महिला हकअधिकारको आन्दोलन महिलाहरूको मात्र हो भनेर पुरूषले सोच्न हुँदैन : प्रधानमन्त्री ओली

१६ जेष्ठ २०७८, आईतवार

    पाेखरा। प्रधानमन्त्री केपी ओलीले  महिला हकअधिकारको आन्दोलन महिलाहरूको मात्र हो भनेर पुरूषले सोच्न नहुने  बताएका छन्।  तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आइतबार बालुवाटारमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै     ओलीले महिलालाई पुरुषहरूले सकारात्मक सहयोग गर्नुपर्ने बताए। उनले महिलालाई समान अवसर, साथ सहयोग र हौसला दिनुपर्ने बताए। ‘हाम्रा आमा दिदी बहिनीहरूलाई बोक्सीको आरोप लगाउने […]

अक्सिजन अभावले ज्यान गएको पोखराको घटनाको जिम्मा  प्रदेश सरकारले लिनुपर्छ :मौलिक जरोकिलो पार्टी

१५ जेष्ठ २०७८, शनिबार

  पोखरा । मौलिक जरोकिलो पार्टीले गण्डकी अस्पताल पोखरामा अक्सिजन अभावमा सुत्केरी महिला सहित ८ जनाको ज्यान गएको घटनाको जिम्मा गण्डकी प्रदेश सरकारले लिनु पर्ने ठहर गरेको छ । कोरोना महामारीसंग लड्न आबश्यक पुर्व तयारी गर्नुपर्ने समयमा सरकार सत्ता समिकरणमा व्यस्त रहेको कारण पोखरामा दुःखद घटना घटेको शनिबार पार्टीका महासचिब शैलेन्द्र रेग्मीद्धारा जारी प्रेस बिज्ञप्तिमा […]

अब सरकारले पत्रकारलाई निशुल्क उपचार सेवा दिने

१५ जेष्ठ २०७८, शनिबार

पाेखरा।  सरकारले पत्रकारलाई निशुल्क उपचार सेवा दिने भएको छ । नेपाल पत्रकार महासंघको सदस्य भएका पत्रकारलाई प्रेस काउन्सिलले उपलब्ध गराउने उपचार सुविधा कार्डको आधारमा देशभरका सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरिएको हो । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै पत्रकारलाई आगामी साउनदेखि निशुल्क उपचारको व्यवस्था गरिएको जानकारी […]

कोरोना खोपका लागि २६ अर्ब ७५ करोड रकम बिनियोजन

१५ जेष्ठ २०७८, शनिबार

  पाेखरा। सरकारले  कोरोना खोपका लागि २६ अर्ब ७५ करोड रकम बिनियोजन  गरेको छ ।   अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । अर्थमन्त्री पौडेलका अनुसार आगामी आबको बजेटमा कोरोना खोपका लागि २६ अर्ब ७५ करोड रकम बिनियोजन गरिएको छ भने कोभिड–१९ को उपचार र रोकथामका लागि ३७ […]

स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने

१५ जेष्ठ २०७८, शनिबार

  पाेखरा। स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ ।

कोरोना प्रभावितलाई जनगणतान्त्रिक सम्पर्क मंचद्वारा सहयोग

१५ जेष्ठ २०७८, शनिबार

काठमाडौँ । जनगणतान्त्रिक सम्पर्क मञ्चले कोरोना संक्रमणबाट प्रभावित व्यक्तिहरुलाई सहयोग हस्तान्त्रण गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट मञ्चको केन्द्रीय समन्वय समितिले निषेधाज्ञामा समस्या परेका सहिद परिवार, जेल जीवनमा रहेका व्यक्तिका परिवार र अग्रमोर्चामा रहेर समाचार संकलन गरिरहेका र समस्या परेका पत्रकारको लागि संकलन गरिएका सहयोग सामाग्री शनिबार हस्तान्त्रण हो । सहयोग अभियानको […]

सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट होऔं– गण्डकी प्रदेश प्रमुख पौडेल

१५ जेष्ठ २०७८, शनिबार

पोखरा  ।गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन आग्रह गर्नुभएको छ । १४ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै प्रदेश प्रमुख पौडेलले सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन आग्रह गर्नुभएको हो । सन्देशमा उहाँले जेठ १५ […]

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरिन् बजेट सम्बन्धी तीन अध्‍यादेश

१५ जेष्ठ २०७८, शनिबार

  पाेखरा। राष्ट्रपति विद्यादेवी भण्डारीले  बजेट सम्बन्धी तीनवटा अध्‍यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा आर्थिक अध्‍यादेश, २०७८, विनियोजन अध्‍यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्‍यादेश २०७८ जारी गरेकी हुन् ।  

अक्सिजनको अभावमा बिरामी मार्न पाइदैन – कास्की काँग्रेस

१४ जेष्ठ २०७८, शुक्रबार

पोखरा । नेपाली काँग्रेस कास्कीले विभिन्न तीन विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अक्सिजनको अभावमा बिरामीको मृत्यु भएको, स्वास्थ्यकर्मीप्रति आक्रमण भएको र कोरोना संक्रमित बाहेक अन्य बिरामीलाई अलपत्र पारिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले शुक्रबार विज्ञप्ति प्रकाशित गरी तीन विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । […]