काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले बुझाए पोखरा महानगरपालिकालाई पाँच बुँदे सुझाब

२ असार २०७८, बुधबार

पोखरा ।नेपाली काँग्रेस पोखरा महानगरपालिकाका ११ वटा वडामा निर्वाचित वडा अध्यक्षहरुले पोखरा महानगरपालिकालाई ५ बुँदे सुझाव दिएका छन्। पोखरा महानगरपालिकाले वजेट अधिवेशन मार्फत आर्थिक वर्ष २०७८÷०७९ को वजेट विनियोजनको तयारीमा जुटेको सन्र्दभमा काँग्रेसबाट निर्वाचित वडा नम्वर २,३,४,६,९,१०,११,१२,२३,२७ र ३२ का वडा अध्यक्षहरुले सुझाव दिएका छन् । दलका नेता तथा सचेतक रामराज लामिछानेले वडा अध्यक्षहरुको तर्फबाट […]

खहरे खोलाले बगाउँदा कास्कीमा एक महिलाको मृत्यु  

२ असार २०७८, बुधबार

    पोखरा । अविरल वर्षापछि बढेको खहरे खोलाले बगाउँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका १ मा एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा वडा नं. १ टुसेकी ४० वर्षीया लिलादेवी परियार रहेकी छन् । मंगलबार राति करिब ८ः३० बजे उनलाई खोलाले बगाएको वडाध्यक्ष वीरेन्द्र गुरुङले जानकारी दिए ।  पहिरोका कारण कास्कीको माछापुच्छ्रे गाउँपालिका प्रवेश नाका सडक […]

बाढीका कारण पोखरा -३२ का विभिन्न स्थानका घरहरू डुवानमा, प्रशासनलाई ध्यानाकर्षण

२ असार २०७८, बुधबार

पोखरा।   दुई दिनदेखि लगातारको बाढीसँगै नहरमा अव्यवस्थित रुपमा आएको पानीले पोखरा महानगरपालिका वडा नं ३२ का विभिन्न स्थानमा घरहरू डुवानमा परेका छन् । पानीका कारण पोखरा महानगरपालिका वडा नं ३२ को टाँडीका साथै कालिका चोकका झण्डै २० वटा घरमा पानी पसेको छ । पानी पसेका कारण कतिपयको घरमा धान लगायतका अन्न पनि भिजेको छ । […]

काँग्रेस सिन्धुली- काठमाडौं सम्पर्क समिति र गाेलन्जाेर- काठमाडौं सम्पर्क समिति द्धारा स्वास्थ्य सामाग्री वितरण

२ असार २०७८, बुधबार

  पोखरा । नेपाली काँग्रेस सिन्धुली -काठमाडौं सम्पर्क समिति र गाेलन्जाेर- काठमाडौं सम्पर्क समितिले संयुक्त रुपमा सिन्धुलीको गोलन्जोर गाउँपालिकामा स्वास्थ सामाग्री वितरण गरेका छन् ।नेपाली काँग्रेस सिन्धुली -काठमाडौं सम्पर्क समितिका सचिब अन्जनी कोइरालाको नेतृत्वमा स्वास्थ सामाग्री बितरण गरिएको हो । कोहि पनि नागरिक स्वास्थ्य सेवाबाट वन्चित नहुन भन्ने उदेश्यले गाउँपालिकामा ४२ हजार वटा मास्क,२५ लिटर […]

मादी नदिमा आएको बाढीेले कास्कीको सुपरमादी हाइड्रोपावरमा करोडौंको क्षति

२ असार २०७८, बुधबार

पोखरा । मनसुन सक्रिय भएसंगै साेमवार बेलुका  देखि लगातार परिरहेको अविरल बर्षाका कारण कास्कीको मादी नदिमा बाढीे आउदा कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन अबस्थामा रहेको ४४ मेगावाटको सुपरमादी हाइड्रो पावरले ठुलो क्षति व्यहोरेको छ । बाढीले सुपरमादि हाइड्रोपावर कम्पनीको लोडर ,एक्साभेटर,पेनस्टक पाइप,कर्सर प्लान्ट,आरएमसी प्लान्ट,हेभी जेनेरेटर लगायतका सामानहरु बगाउदा झण्डै एक अरब रुपैया बराबरको क्षति भएको सुपरमादि […]

कोभिड संकटसंग जुध्न अस्पताल थप, स्वास्थ्य पूर्वाधार विकास

१ असार २०७८, मंगलवार

  पाेखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पाेखरेल सरकारले अागामी अार्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्व ३ कराेड ९४ लाख २७ हजार रुपैयाँको वजेट ल्याएको छ। मंगलबार मुख्य मन्त्री पाेखरेलले प्रदेशसभामा अाफैले वजेट प्रस्तुत गर्दै कोभिड संकटसंग जुध्नका लागि गण्डकी विश्वविद्यालयमार्फत पाँच सय शैय्याको अस्पताल बनाउने घोषणा गरेका छन् । अस्पतालमा साढे तीन […]

बाढी पहिरोग्रस्त क्षेत्रमा तत्काल उद्धार र राहतमा खट्न मुख्यमन्त्री पोखरेलेको निर्देशन

१ असार २०७८, मंगलवार

  पाेखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लगातारको वर्षाका कारण मनाङमा भएको क्षतिप्रति दुख प्रकट गर्दै तत्काल उद्धार र राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री पोखरेलले मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने र डिएसपी सुवास खड्कालाई मंगलबार टेलिफोन गरी मस्र्याङ्दी नदीमा आएको बाढीका कारण डुबानमा तालगाउँका बासिन्दालाई तत्काल उद्धार गरी सुरक्षित […]

मनाङ्गकाे वाढि पहिराे प्रभावितलाई तत्काल उद्धार गर्न मुख्यमन्त्री नेपालीको निर्देशन

१ असार २०७८, मंगलवार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मनाङ्गमा भएको वाढि पहिराे प्रभावित परिवारलाई तत्काल उद्दार तथा आवश्यक सहयोग गर्न सुरक्षा प्रशासनलाई निर्देशन दिनुभएको छ। मुख्यमन्त्री नेपालीले स्थानीय प्रमुख जिल्ला अधिकारीसंग टेलिफोन संवाद गरि मानवीय तथा धनजनकाे क्षति न्युनिकरणका लागि कुनै कमि नगर्न निर्देशन दिनुभएको छ। वाढि, प्रकाेप लयायत कुनै पनि विपदबाट नागरिककाे जीवन रक्षा प्रदेश […]

युवा तथा खेलकुद मन्त्रालयकाे अार्थिक सहयाेगमा खेलाडीहरुलाई राहात वितरण

१ असार २०७८, मंगलवार

पाेखरा ।गण्डकी प्रदेशका विना विभागिय मन्त्री राजिव गुरुङ (दिपक मनाङे)ले कोभिड १९ काे महामारी र यसकाे नियन्त्रणका लागि भएकाे बन्दाबन्दिका कारण समस्यामा परेका खेलाडीहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेका छन् । गुरुङले पाेखरा रंगशालामा एक कार्यक्रमका विच पारा खेलाडी र अन्य विभिन्न खेलका ६० जना खेलाडीहरुलाई झण्डै तीन लाख रुपैयाँ वरावरकाे राहत तथा स्वास्थ्य […]

सञ्चार तथा सूचना प्रविधि मन्त्री थापालाई कोभिड –१९ ले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको प्रभाव बारे महासंघको  ध्यानाकर्षण

३१ जेष्ठ २०७८, सोमबार

  काठमाडौं । नेपाल पत्रकार महासंघले नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापालाई कोभिड –१९ ले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको प्रभाव बारेमा ध्यानाकर्षण गराएको छ । महासंघमा भएको कार्यक्रममा मन्त्री थापाले पत्रकारका आम समस्या समाधान गर्ने र कोभिड–१९ विरुद्धको खोप लगाउन छुटेका पत्रकारका लागि पहल गर्ने बताउनुभयो । उहाँले पत्रकारलाई सरकारको कमिकमजोरी औल्यान […]