गण्डकीमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान, गण्डकीका विपक्षी दाबी गर्न जाँदै

२८ जेष्ठ २०७८, शुक्रबार

  पाेखरा।गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् । प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी हुन् ।   प्रदेश प्रमुख  पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार सरकारको दाबी गर्न आह्वान […]

कस्केलीका लागि तत्काल खोप व्यवस्था गर्न कास्कीका पाँच दलको माग

२८ जेष्ठ २०७८, शुक्रबार

पोखरा। कास्कीका क्रियाशील पाँच राजनीतिक दलले तत्काल कस्केली जनताका लागि आवश्यक खोप व्यवस्था गर्न माग गरेका छन् । कास्कीमा ल्याइएको खोप अत्यन्त कम हुँदा कस्केली जनतामा निराशा छाएको भन्दै तत्काल सबैका लागि पुग्ने गरी खोपको व्यवस्था गर्न माग गरिएको हो । नेपाली काँग्रेस कास्की सभापति कृष्ण केसी, नेकपा(माओवादी केन्द्र) कास्की सचिव बखानसिंह गुरुङ, नेकपा(एमाले) कास्कीका […]

गुडिरहेको लोवेटमा करेन्ट लाग्दा २ जनाको मृत्यु

२८ जेष्ठ २०७८, शुक्रबार

  सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका-८ पत्तालेमा क्रेन बोकेर गुडिरहेको लोवेटमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखरातर्फ जाँदै गरेको ग१क ५१७३ नंको लोवेटमा राखिएको क्रेनले ३३ केभी प्रसारण लाइनमा छुँदा करेन्ट लागेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए । उनका अनुसार लोवेट चालक बडीगङ्गा […]

विश्वासकाे मत नपाउँदा गण्डकीका मुख्यमन्त्री गुरुङ पदमुक्त

२७ जेष्ठ २०७८, बिहीबार

    पाेखरा। विश्वासकाे मत नपाउँदा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए । तर उनको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत खसेको छ । ।विश्वासको मत पास हुन कम्तिमा ३१ मत […]

नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको सपथ

२७ जेष्ठ २०७८, बिहीबार

  पाेखरा। आज नियुक्त भएका मन्त्रिपरिषदका  सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । नेकपा एमाले र जसपाका गरी सात मन्त्री र एक राज्यमन्त्रीलाई आज सपथ खुवाइएको हो। आज प्रधानमन्त्री केपी शर्मा […]

मन्त्रिमण्डल विस्तार गर्दै  प्रधानमन्त्री ओली, खगराज अधिकारी गृहमन्त्री

२७ जेष्ठ २०७८, बिहीबार

    पाेखरा। प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिमण्डल विस्तार गर्दै छन्। खाली रहेका मन्त्रालयहरूमा प्रधानमन्त्री ओलीले बिहीबार सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले हाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैंले सम्हाल्दै आएका […]

नेपाल विद्यार्थी संघ क्षेत्रिय कार्यसमिति क्षेत्र नं. १ स्याङ्जा द्वारा अमोर सेवा नेपाललाई सहयोग

२६ जेष्ठ २०७८, बुधबार

    स्याङजा।   स्याङजा फेदीखोला गाउँपालिका–१, मा रहेको अमोर सेवा नेपाललाई नेपाल विद्यार्थी संघ क्षेत्रिय कार्यसमिति क्षेत्र नं. १ स्याङ्जाले राइसकुकर, पानी तताउने डिस्पेन्सर स्टिर र स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आश्रममा अत्यावश्यक भाडाकुडा आवश्यक रहेको जानकारी पाएलगतै नेविसंघ स्याङ्जा क्षेत्रिय कार्यसमिति क्षेत्र नं. १ स्याङ्जाले सहयोग गरेको हो । सहयोग हस्तान्तरण गर्दै […]

गण्डकी प्रदेश सरकारलाई अनलाइन पत्रकार संघ गण्डकीको ध्यानार्कषण

२५ जेष्ठ २०७८, मंगलवार

,   पोखरा । अनलाइन पत्रकार संघ गण्डकी प्रदेशले गण्डकी प्रदेश सरकारलाई ध्यानार्कषण गराएको छ । मंगलबार प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात मन्त्री रामशरण बस्नेतलाई भेटेर संघका अध्यक्ष कमल सुवेदीले आर्थिक बर्ष २०७८ र ७९ को नीति तथा कार्यक्रम मार्फत बजेटमा संचार र पत्रकारिता क्षेत्रका विषयमा ध्यानार्कषण गराएका हुन् । ध्यानार्कषण […]

कोभिड–१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध

२५ जेष्ठ २०७८, मंगलवार

रासस काठमाडौँ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध गरेको छ मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी लिएको पाइएमा त्यस्ता स्वास्थ्य संस्थामाथि मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेशका सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा उजुरी गर्न अनुरोध गरेको छ […]

विश्वासकाे मत पाएसंगै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टको पद जोगियो

२५ जेष्ठ २०७८, मंगलवार

धनगढी ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन्। यो सँगै उनको पद जोगिएको छ। मंगलबार विश्वासको मत मागेका उनको पक्षमा ३० मत खसेका छन्। उनको पक्षमा नेकपा माओवादी केन्द्र र एमाले माधव समूहको जम्मै भोट खसेका हुन् उनको विपक्षमा ९ मत खसेका थिए। कांग्रेसले भने ‘नो भोट’को नीति लिने तर मुख्यमन्त्रीलाई […]