अक्सिजन प्लान्ट स्थापनाका लागि पोखरा- २३ का वडाध्यक्ष पराजुलीद्वारा १ लाख सहयोग गर्ने घोषणा

२५ जेष्ठ २०७८, मंगलवार

  पोखरा ।  पोखरा महानगरपालिका वडा नम्बर २३ का वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले पोखरामा अक्सिजन प्लान्ट स्थापना कार्यको लागि रु. १ लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । पोखरा- २३ का अध्यक्ष पराजुलीले मानविय सवालमा वडाको तर्फबाट संस्थागत निर्णय गराई सहयोग गरेको जानकारी दिनुभयो । ‘यो एउटा अत्यावश्यक र सकारात्मक पहल हो , वडा अध्यक्ष पराजुलीले […]

युवा समाजसेवी तथा पत्रकार भानु पराजुलीको पहलमा राहत वितरण

२५ जेष्ठ २०७८, मंगलवार

पोखरा।   युवा समाजसेवी तथा पत्रकार भानु पराजुलीको पहलमा पोखरा महानगरपालिका वडा -२३ मा आज राहत वितरण गरिएको छ । वहिनी एडुकेयर फ़ाउन्डेशनको आर्थिक सहयोगमा आर्थिक रुपमा विपन्न १ सय परिवारलाई राहत दिईएको फ़ाउन्डेशनका कार्यकारी निर्देशक सुरेन्द्र परियारले जानकारी दिनुभयो । पोखरा-२३, का वडाध्यक्ष विष्णु प्रसाद पराजुलीको उपस्थितिमा वडा कार्यालय परिसरमा प्रति परिवार २५ केजी चामल, […]

पाेखरामा ताेकियाे भेराेसेल खाेपकाे पहिलो डाेज लगाउने केन्द्र (सुचीसहित)

२४ जेष्ठ २०७८, सोमबार

  पाेखरा।पाेखरा महानगरपालिकाले भेराेसेल खाेपकाे पहिलो डाेज लगाउनका लागि २७ वटा केन्द्र ताेकेकाे छ।महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार जेठ २७ गते ६२ बर्ष पूरा भएका देखि ६५ बर्ष मुनिका उमेर समुहकालाई मात्रै खाेप दिईने महानगरपालिकाले जनाएको छ। पाेखराका विभिन्न वडाका खाेप केन्द्रकाे नाम :

विश्वकप छनोट : आज नेपाल र जोर्डन विच प्रतिस्पर्धा हुँदै

२४ जेष्ठ २०७८, सोमबार

पाेखरा। विश्वकप छनोट चरण अन्तरगत आज नेपाल र जोर्डन विच खेल हुँदै छ । क्रवेतको अल अहमद अन्तराष्ट्रिय रंगशालमा नेपाली समय अनुसार राति ९ः ४५ मा खेल हुने छ । चाइनिज ताइपेइ संगको खेलमा २ – ० को नतिजा निकालेको नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रिदै छ । युवा खेलाडीहरुको बाहुल्यता रहेको नेपालले पछिल्लो […]

थप ४,४७२ जनामा कोरोना संक्रमण

२४ जेष्ठ २०७८, सोमबार

    पाेखरा। पछिल्लो २४ घण्टामा ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६,९५१ रहेको छ […]

काउन्सिलको मर्यादा र प्रतिष्ठा उच्च बनाउने नवनियुक्त अध्यक्ष बस्नेतको उद्घोष

२३ जेष्ठ २०७८, आईतवार

सम्झना पौडेल पाेखरा। प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो सम्पूर्ण कार्यकाल काउन्सिलको मर्यादा र प्रतिष्ठा बढाउने काममा खर्चने वचन दिनुभएको छ । प्रेस काउन्सिल नेपालमा आज भएको सपथ ग्रहण कार्यक्रममा उहाँले अबको काउन्सिलले इतिहास रच्ने गरी कार्यसम्पादन गर्ने र त्यसका लागि सबैको साथ र सहयोगको अपेक्षा रहने बताउनुभयो । नेपाल सरकारले काउन्सिलको गरिमा […]

गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापालाई प्रदेश सांसदको हैसियतमा काम गर्न दिन अन्तरिम आदेश

२३ जेष्ठ २०७८, आईतवार

पाेखरा। सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको  छ ।   न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारीले थापालाई उनको दल राष्ट्रिय जनमोर्चाले  कारबाही गरेको पत्र प्राप्त भएको जानकारी गराएपछि […]

नेलम्बो नेपालद्वारा अनलाइन पत्रकार संघ गण्डकीलाई स्वास्थ्य सामाग्री सहयोग

२३ जेष्ठ २०७८, आईतवार

पोखरा । नेलम्बो नेपाल कास्कीले अनलाइन पत्रकार संघ गण्डकी प्रदेशलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आइतबार  नेलम्बो नेपाल कास्कीका अध्यक्ष एकदेव देवकोटाले अनलाइन पत्रकार संघ गण्डकी प्रदेशका अध्यक्ष कमल सुवेदीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । नेलम्बोले डिस्पोजल मास्क २५ सय पीस, फेस सिल्ड ५० पीस, सेनीटाइजर ५० लिटर, डिस्पोजल ग्लब्स १० प्याकेट सहयोग […]

 पोखरा -९ का वडा सचिव कोइरालाले गरे एक महिनाको घरभाडा छुटको घोषणा

२२ जेष्ठ २०७८, शनिबार

पोखरा ।  पोखरा महानगरपालिका वडा नं. ९ का वडा सचिव लोकदर्शन कोइरालाले वन्दा वन्दीको समयमा एक महिनाको घर भाडा छुट दिने घोषणा गरेका छन् । उनले घर भाडा वापत आउने ५४ हजार ५ सय रुपैयाँ छुट गरेको जानकारी दिएका हुन् । लकडाउनमा घर भाडामा वस्नेको आम्दानी गुमेको छ, के खाम, के लाम भन्ने अवस्था आइसकेको […]

कामचलाउ सरकारमा तीन उपप्रधानमन्त्री, १२ मन्त्री थपिँए

२१ जेष्ठ २०७८, शुक्रबार

  पाेखरा। कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । नयाँ मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरेका छन् । नेकपा एमालेका रघुवीर महासेठ र जसपाका वरिष्ठ नेता […]