मिस तामाङ पोखराको उपाधि मान्सीलाई

१७ माघ २०७८, सोमबार

  पोखरा  ।   बैदाम तामा तामाङ सेवा समाजको आयोजनामा भएको छैटौं मिस तामाङको उपाधि पोखरा रानीपौवाकी मान्सी तामाङले जितेकी छन् । उनले शनिबार पोखरामा सम्पन्न ग्राण्ड फिनालेमा ९ प्रतियोगीहरुलाई पछि पार्दै बेस्ट स्माइल टाइटल सहित १ लाख पुरस्कार हात पारिन् ।   प्रतियोगितामा मिस अर्गनाइज्डको टाइटल सहित आशिका तामाङ फस्ट रनर अप बनिन् । उनले […]

थप बजेट माग्न गण्डकीका मुख्यमन्त्रीसहित मन्त्रीको टोली काठमाडौंमा

१७ माघ २०७८, सोमबार

  भरत काेइराला काठमाडाैं। अघिल्लो सरकारले सिर्जना गरेको दायित्वका कारण प्रदेश भित्रका विकासे आयोजना अलपत्र पर्ने भएपछि गण्डकी प्रदेश सरकारले संघ सरकारलाई घच्घच्याएको छ । पूर्वाधार, खानेपानी समेत गरी झन्नै १६ अर्बका बहुवर्षे योजना ठेक्कामा अघिल्लो सरकारले लगाएका कारण कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले नयाँ योजना ल्याउन सक्ने अवस्था नै थिएन । नेकपा एमालेको सरकार […]

सिकाई केन्द्रकारुपमा स्थापित हुँदै वालिङको सरसफाई केन्द्र

१७ माघ २०७८, सोमबार

तोलाकान्त बगाले वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले सञ्चालनमा ल्याएको सरसफाई केन्द्र अहिले सिकाई केन्द्रकोरुपमा स्थापित हुँदै गएको छ । स्मार्ट सिटीको अवधारणा अनुरुप अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले फोहोर मैलाको उचित ब्यवस्थापन गरेर आम्दानीको स्रोतमा रुपान्तरण गरेसँगै देशका विभिन्न पालिकाहरु, फोहोर मैलाका क्षेत्रमा कार्य गर्ने विभिन्न संघ संस्थाहरुको अध्ययन गर्ने थलोकोरुपमा विकसित हुँदै गएको हो […]

सहिदको सपना साकार पार्न राजनीतिक सहमति जरुरी ः मुख्यमन्त्री पोखरेल

१६ माघ २०७८, आईतवार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरोलले लामो संघर्षपछि संविधानसभामार्फत् बनेको संविधान र त्यसपछि बनेको ३ तहका सरकारलाई अझ प्रभावकारी र जनमुखी बनाउनका लागि आपसी सहमति र सहकार्य नै सबैभन्दा ठूलो शक्ति रहेको बताएका छन् । सहिद दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले सहिदको बलिदानीले प्राप्त राजनीतिक उपलब्धिपछि अबको साझा लक्ष्य […]

धौलागिरी बचत तथा ऋण सहकारीमा गुरुङ

१३ माघ २०७८, बिहीबार

धौलागिरी बचत तथा ऋण सहकारी संस्थाको २१ औ साधारणसभा एंव छैटौ अधिवेशनले देबी जंग गुरुङको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा खड्क बहादुर थापा सचिवमा खुसीमान गुरुङ्ग कोषाध्यक्ष मा डम्वर जंग गुरुङ्ग रहेका छन् । समितिको सदस्यहरुमा कल्पना थापा क्षत्री , पदम माया गुरुङ्ग, पुजन राजभण्डारी शाक्य ,खुसीमाया गुरुङ्ग , नरबहादुर गुरुङ्ग , […]

ग्यास बुलेटमा च्यापिएर ४५ वर्षीय चालकको मृत्यु

१३ माघ २०७८, बिहीबार

काठमाडौं । काठमाडौंको बालाजुमा ग्यास बुलेटमा च्यापिएर  एकजना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेका छन् । आज बिहान करिब पौने चार बजे बालाजु औद्योगिक क्षेत्र भित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा ग्यास बुलेट अचानक गुडेर अगाडि बढेपछि भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा उनी च्यापिएका थिए । चालक […]

गण्डकी प्रदेशका नाकामा होल्डिङ सेन्टर बनाइने

१३ माघ २०७८, बिहीबार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोभिडको तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि जनशक्ति, अक्सिजन प्लान्टदेखि अस्पतालको व्यवस्थापनमा प्रदेश सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् । कोभिडको तेस्रो लहर नियन्त्रणका लागि नेपाल सरकारले पुस ३० गते जारी गरेको आदेश कार्यान्यनका लागि प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको भर्चुअल बैठकमा मुख्यमन्त्री पोखरेलले भने, […]

राष्ट्रिय जनगणना–नेपालको जनसंख्या २ करोड ९१ लाख

१२ माघ २०७८, बुधबार

  काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले बुधबार राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक  भएको छ ।   जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको हो ।जसमध्ये महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ छ भने पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छन् । नेपालको जनसंख्या […]

कर्मचारीमा कोरोना संक्रमण देखिँदै गएपछि पोखरा महानगरका अत्यावश्यकबाहेकका सेवा बन्द 

१२ माघ २०७८, बुधबार

  पोखरा । कर्मचारीमा कोरोना संक्रमण देखिँदै गएपछि पोखरा महानगरले अत्यावश्यकबाहेकका सेवा माघ १६ गतेसम्मका लागि बन्द गरेको छ। कर्मचारीहरुमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिँदै गएपछि थप जोखिम बढ्न सक्ने भन्दै सरसफाई, स्वास्थ्य तथा अत्यावश्यक सेवा बाहेकका नियमित सेवा स्थगन गरिएको महानगरले बुधबार एक सूचना जारी गरी  जानकारी दिएको हो । यसअघि नै जिल्ला प्रशासन कार्यालय […]

राष्ट्रिय सभा चुनावको सबै तयारी पूरा, भोलि बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान

११ माघ २०७८, मंगलवार

    काठमाडौं । भोलि हुने राष्ट्रिय सभा चुनावको सबै तयारी पूरा भएको छ । मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ।   आयोगले मतदानका लागि आठवटा […]