काँग्रेस पाेखरा -३ काे मतदातासंग भेटघाट कार्यक्रम सुरु

१५ बैशाख २०७९, बिहीबार

  पाेखरा।नेपाली काँग्रेस वडा कार्य समिति पाेखरा -३ ले विहिवार देखि अाैपचारिक रुपमा मतदातासंग भेटघाट कार्यक्रमकाे सुरुवात गरेको छ। पाेखराकाे नालाकाेमुखमा रहेको नेपाली काँग्रेसका सर्वमान्य नेता लाैह पुरुष गणेशमान सिंहकाे शालिकमा माल्यर्पण गरि घरदैलो कार्यक्रमकाे सुरुवात गरिएको नेपाली काँग्रेस पाेखरा-३ का सभापति नारायण उदासले पाेखरा पाेष्टलाई जानकारी दिए। घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरुकाे […]

एमाले उम्मेदवार मतदाता भेटघाटमा

१५ बैशाख २०७९, बिहीबार

पोखरा । बिहीबारको बिहान, उत्तरतर्फ भर्खर हिमाल टल्कन सुरु गरेको थियो । सडकमा सवारी कम सुनिन्थे । चिया पसलहरुमा स्थानीय तह निर्वाचन बारेको गफगाफ उम्लदैँ थिए । पोखरा १२ शितलदेवीस्थित नेकपा एमालेको वडा कार्यालयको सटर उघारिइसकेको थियो । माहौल निर्वाचनको छ । एमाले कार्यकर्ताहरु सूर्य अंकित झण्डासहित तयारी गर्दै थिए । आजदेखि नेकपा एमाले वडा […]

सञ्चारिका समुह गण्डकीको अध्यक्षमा कविता श्रेष्ठ

१५ बैशाख २०७९, बिहीबार

पोखरा ।  सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशको अध्यक्षमा कविता श्रेष्ठ निर्वाचित हुनु भएको छ । बुधबार पोखरामा सप्पन्न छैठौं अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । समुहको उपाध्यक्षमा कञ्चन थापा कोइराला , महासचिवमा अनिशा श्रेष्ठ, कोषाध्यक्षमा उमा आले मगर र सचिवमा कविता घर्ती मगर चयन हुनुभएको छ । त्यस्तै समुहको सदस्यहरुमा शोभा नेपाल, जुना […]

निर्वाचन आयोगले आज र भोलि मनोनयनमाथि परेका उजुरीमाथि छानबिन गर्ने

१४ बैशाख २०७९, बुधबार

      काठमाडौं ।   स्थानीय तहका करिब ३५ हजार पदका लागि झण्डै दुई लाख मनोनयन परेको  छ। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दर्ता भएका मनोनयनमाथि परेका उजुरी उपर छानबिन गर्ने भएको छ । हिजो उम्मेदवारीविरूद्ध उजुरी गर्ने समय आयोगले दिएको थियो । ती उजुरी उपर आज र भोलि छानबिन गरेर निर्णय गर्ने निर्वाचन […]

रेडियो अन्नपूर्णको २१ औं बार्षिकोत्सव

१२ बैशाख २०७९, सोमबार

पोखरा । रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आफ्नो २१ औं बार्षिकोत्सव मनाएको छ । वि.सं. २०५८ साल बैशाख १२ गते स्थापना भएको रेडियोले सोमबार २१ औं बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखेले स्थापनाकाल देखि नै रेडियोले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्य गर्दै आइरहेको र आगामी दिनहरुमा पनि निरन्तरता दिने बताए । […]

अटेरीका गनेस पौडेलले दर्ता गराए पोखरा महानगर प्रमुखमा उम्मेद्वारी

१२ बैशाख २०७९, सोमबार

  पोखरा । अटेरी अभियानका परिकल्पनाकार गनेस पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेद्वारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उनले उम्मेद्वारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी रहेका थिए । उम्मेद्वारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगर प्रमुख पदमा उम्मेद्वारी दिएको बताए । स्थानीय […]

जिम्मेवार रुपमा न्याय सम्पादन गर्न मुख्यमन्त्रीको आग्रह

९ बैशाख २०७९, शुक्रबार

पोखरा । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले न्यायिक समितिका लागि हाते पुस्तक तयार पारेको छ । नेसनल डेमोक्रेटिक इन्स्टिच्युट फर इन्टरनेसनल अफेर्स (एनडिआई)÷युएसएडको सहयोगमा प्रकाशित पुस्तक गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार पोखरामा आयोजित कार्यक्रममा लोकार्पण गरे । पुस्तक लेखन उच्च अदालतका पूर्व मुख्यन्यायाधीश केशरीराज पण्डित र उच्चकै पूर्व न्यायाधीश विनोद शर्माले गरेका हुन् । […]

श्रमसम्बन्धी समस्या हल नहुँदासम्म पत्रकार महासंघको आन्दोलन नरोकिने

७ बैशाख २०७९, बुधबार

काठमाडांैं । कान्तिपुर टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक, बिनाकारण कामबाट निष्काशन गरिएका पत्रकारको पुनर्बहाली लगायतको माग राखेर आन्दोलनरत नेपाल पत्रकार महासंघले सञ्चारसंवद्ध संघसंगठन र अधिकारकर्मीसँग अन्तरक्रिया आयोजना गरेको छ । कार्यक्रममा पत्रकार दीपा दाहालले विगतमा कान्तिपुर रेडियोमा काम गर्दा आफुमाथि भएको यौनजन्य हिंसा र सोही घटनालाई आधार बनाएर आफूलाई कान्तिपुर टेलिभिजनबाट निकालिएको दाबी गर्नुभयो […]

श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक माग गर्दै पत्रकार महासंघको धर्ना कार्यक्रम शुरु

५ बैशाख २०७९, सोमबार

  काठमाडौं ।  नेपाल पत्रकार महासंघले कान्तिपुर टेलिभिजनमा धर्ना कार्यक्रम शुरु गरेको छ । कान्तिपुर टेलिभिजनले त्यहाँ कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक, बिनाकारण कामवाट निश्कासन गरिएका पत्रकार दिपा दाहालको पूर्नवाहाली लगायतको माग राखेर नेपाल पत्रकार महासंघ आज देखि चरणवद्ध संर्घषको कार्यक्रममा उत्रेको हो ।   आन्दोलनको पहिलो दिन पत्रकार महासंघको नेतृत्वमा तिनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यलयको […]

पोखरा महानगरको मेयरमा काँग्रेसवाट डा. परमेश्वर पोखरेलको  उम्मेदवारी

४ बैशाख २०७९, आईतवार

पाेखरा ।पाेखरा महानगरपालिकाकाे मेयरका लागि काँग्रेसवाट डा. परमेश्वर पाेखरेलले दावी पेश गरेका छन्। अाईतवार काँग्रेस पाेखरा महानगरसमितिले मेयर, उपमेयरका अाकाक्षीलाई अान्तरिक उमेदवारी पेश गर्न अाव्हान गरेपछि पाेखरेलले मेयरमा अान्तरिक उमेदवारी पेश गरेका हुन। नेपाल खानेपानी संस्थानका पुर्व अध्यक्ष समेत रहेका डा.पाेखरेलले पाेखरालाई नमुना महानगर वनाउने याेजना सहित अाफुले मेयरमा अान्तरिक उमेदवारी पेश गरेको पाेखरा पाेष्टलाई […]