मानव अधिकारमैत्री वातावरण निर्माणमा सरकार प्रतिवद्ध छ :मन्त्री थापा

१५ असार २०७९, बुधबार

  पाेखरा।गण्डकी प्रदेश सरकारका कानुन ,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले गण्डकी प्रदेश सरकार मानव अधिकारमैत्री वातावरण निर्माणका लागि प्रतिवद्ध रहेको वताएका छन्।क्रियाशील पत्रकार महिला (डव्लु डव्लु जे )गण्डकीले बुधबार पाेखरामा आयोजना गरेको मानव अधिकार प्रवर्द्धनमा पत्रकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा वाेल्दै मन्त्री थापाले मानव अधिकारकारकाे संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख […]

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं: मन्त्री थापा

१४ असार २०७९, मंगलवार

पोखरा । गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले गण्डकी प्रदेश सरकार चलचित्र विकास बोर्डको गठनको तयारीमा रहेको बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको दुई दिवशीय सूचना, प्रविधि र चलचित्र पत्रकारिता सम्बन्धि कार्यशालाको उद्दघाटन गर्दै मन्त्री थापाले यस्तो प्रदेश सरकार अब विकास बोर्ड तयारीमा रहेको बताएका […]

साहित्य, संगीत, कला र संस्कृति क्षेत्रका पाँच जनालाई गण्डकी प्रज्ञा सम्मान

१२ असार २०७९, आईतवार

    राजाराम पौडेल पोखरा ।  गण्डकी प्रज्ञा सम्मानबाट साहित्य, संगीत, कला र संस्कृति क्षेत्रका पाँच जना व्यक्ति सम्मानित हुनुभएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजित गण्डकी प्रज्ञा उत्सवको अन्तिम दिन शनिबार उहाँहरुलाई सम्मान समर्पण गरिएको हो । जस अनुसार गण्डकी प्रज्ञा संगीत सम्मानबाट गोरखाका आलोक श्री, गण्डकी प्रज्ञा कला सम्मानबाट […]

गण्डकी प्रदेशको आर्थिक सम्भावना र चुनौतीबारे पोखरामा बहस हुँदै

१० असार २०७९, शुक्रबार

पोखरा ।  गण्डकी प्रदेशको आर्थिक सम्भावना, त्यसलक्षित प्रदेश सरकारका कार्यक्रम तथा कार्यान्वयनमा देखिएका चुनौतीका विषयमा शनिबार पोखरामा बहस हुने भएको छ । वेदव्यास क्रियशन र आर्थिक आवाजले प्रदेशका नीति निर्माता तथा आर्थिक क्षेत्रका सरोकारवालाहरुसँग आर्थिक बहस चलाउन लागेको हो । समृद्ध गण्डकी प्रदेशःसम्भावना र चुनौती विषयमा हुन लागेको बहसमा पोखरा उद्योग वाणिज्य संघ तथा पोखरा […]

पोखरा प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्र बन्नुपर्छ : मुख्यमन्त्री पोखरेल

९ असार २०७९, बिहीबार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा  गण्डकी प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्र बन्नुपर्ने बताएका छन् । पोखरा र गण्डकी प्रदेश हरेक सूचकांकमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसावमा पछि रहेको भन्दै ३ तहका सरकारको समन्वयमा आर्थिक गतिविधि बढाउनुपर्ने बताएका छन् । पोखरा महानगरपालिकको ११ औं सभा उद्घाटनपछि बुधबार मुख्यमन्त्री पोखरेलले भने, […]

कास्कीको लुम्ले केन्द्र बिन्दु भएर ४.३ रेक्टर स्केलको भुकम्प

९ असार २०७९, बिहीबार

कास्कीको लुम्ले केन्द्र बिन्दु भएर भुकम्प गएको छ । पोखरामा बिहिबार (आज ) बिहान ३ बजेर ५६ मिनेट जादा भुकम्पको धक्का महसुस भएको छ। भुकम्प ४.३ रेक्टर स्केलको मापन गरिएको छ ।

देशलाई सही दिशामा हिडाउने पार्टी भनेकै नेपाली काँग्रेस ः आर्जु देउवा

८ असार २०७९, बुधबार

पोखरा । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आर्जु देउवाले देशलाई सही दिशामा हिडाउने पार्टी भनेकै नेपाली काँग्रेस भएको बताएकी छिन् । सोमबार पोखरामा तरुण दल कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देश बनाउने कुनै पार्टी छ भने त्यो नेपाली काँग्रेस मात्र भएको दाबी गरिन् । देउवाले काँग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिलाई पाँच वर्षमा राम्रो काम गरेर देखाउन […]

‘गण्डकी प्रज्ञा उत्सव’ को तयारी पुरा

७ असार २०७९, मंगलवार

  राजाराम पौडेल । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने ‘गण्डकी प्रज्ञा उत्सव’ कार्यक्रमको तयारी पुरा भएको छ । मंगलबार आयोजकले पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार उत्सव यहीं असार ९ गतेबाट ११ गतेसम्म प्रतिष्ठानकै प्राङगण पोखरा १ वगर उपल्लो क्याम्पस गेटमा हुनेछ । उत्सव अन्तर्गत पहिलो दिन असार ९ गते विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने […]

पोखराको सिएम स्वीमिङ पुलमा डुबेर १३ वर्षीय बालकको मृत्यु

६ असार २०७९, सोमबार

पोखरा । पोखराको सिएम स्वीमिङ पुलमा डुबेर १३ वर्षीय बालकको मृत्यु भएको छ। पोखराको तेर्सापट्टी रहेको सिएम स्विमिङ्ग पुलमा डुबेर शनिबार दिउसो १३ वर्षीय बालकको मृत्यु भएको हो ।  मृत्यु हुनेमा पर्वत जिल्लाको मोदी गाउपालिका वडा नम्बर २ देउपुर घर भै हाल पोखरा महानगरपालिकाको वडा नम्बर ५ मालेपाटन बस्ने १३ वर्षीय दिपेश शर्मा रहेका छन् […]

पुतलीबजार -१० राङ्खाेला स्याङ्जामा उद्घाेषण कला तालिम

५ असार २०७९, आईतवार

  पाेखरा।पुतलीबजार नगरपालिकाकाे सहयोग एवम् राङ्खाेला सामुदायिक सिकाई केन्द्र पुतलीबजार -१० राङ्खाेलाकाे आयोजनामा संचालित ३ दिने उद्घाेषण कला तालिम सम्पन्न भएको छ।   तालिम समापन कार्यक्रममा वाेल्दै पुतलीबजार नगरपालिका शिक्षा शाखा प्रमुख वावुराम वरालले उद्घाेषण कला तालिमले महिलाकाे वाेल्ने कलाका साथै मागदाबी गर्ने क्षमताको पनि विकास हुने वताउनु भयाे।महिलाले आफ्नो हक अधिकार प्राप्त गर्नका लागि […]