सामुदायिक सेवा केन्द्र हेमजाको रक्तदानमा ५६ युनिट  संकलन 

१७ बैशाख २०८०, आईतवार

गोविन्द तिमिल्सिना हेमजा ।  सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा २५ हेमजाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नयाँ बर्ष २०८० को अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्त सञ्चार केन्द्र पोखराको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा ५६ युनिट संकलन भएको थियो । प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा […]

कास्कीका पत्रकार सिग्देललाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान

१७ बैशाख २०८०, आईतवार

पोखरा । चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट सम्मानित हुनेभएका छन् । चलचित्र पत्रकार संघ नेपालले आगामी जेठ ७ गते २४औं वार्षिक उत्सवको अवसरमा उनलाई सम्मान गर्न लागेको हो । सिग्देल सङ्गै अन्य देश भरका अन्य ५ पत्रकार सम्मानित हुँदैछन् । संघको आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकले राष्ट्रिय मोफसल […]

नेपाल रेडक्रस साेसाइटी गण्डकीकाे पाँचौ वार्षिक साधारणसभा सम्पन्न

१७ बैशाख २०८०, आईतवार

पाेखरा।नेपाल रेडक्रस साेसाइटी गण्डकी प्रदेश समितिकाे पाँचौ बार्षिक साधारणसभा शनिबार पाेखरामा सम्पन्न भएको छ।साधारणसभाकाे उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल प्राकृतिक प्रकाेपकाे जाेखिममा रहेको देश भएकोले नेपालमा रेडक्रस जस्ता मानवीय सेवामा समर्पित संस्थाकाे प्रकाेपकाे पुर्व सतर्कता र राहत तथा उद्दारमा महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो । मुख्यमन्त्रीकाे जिम्मेवारी सम्हाले लगत्तै मानवीय सेवामा समर्पित संस्थाकाे […]

महावीर पुनको अभियानमा ने.वि.संघको एक्यवद्धता

१६ बैशाख २०८०, शनिबार

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन द्वारा अनुसन्धान , नबप्रबर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद एन बनाउने देखि हरेक वर्ष विकास बजेटमा निश्चित बजेट रकम छुट्टाई आविष्कार कोष कडा गर्नु पर्ने उद्देश्यले बसेको धर्ना अर्थात् आन्दोलनमा नेपाल विद्यार्थी संघका नेताहरुले एक्यबद्धता जनाएका छन् । नेपाल विद्यार्थी संघका नेता ई.सुवास पाैडेलको नेतृत्वमा उपत्यकामा अवस्थित त्रिचन्द्र […]

लेखक संघले मुलुकभर मनायो स्थापना दिवस

१६ बैशाख २०८०, शनिबार

काठमाडौं ।  नेपाली लेखक संघले एक लाख रासीको राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ कवि एवम् संस्कृतिविद् बैरागी काइँला ९तिलबिक्रम नेम्बाङ)लाई प्रदान गरेको छ । लेखक दिवसका अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले नगद सहित सम्मान पत्र पहस्तान्त्रण गरेका हुन् । प्रत्येक दुई–दुई वर्षमा प्रदान गरिने यो पुरस्कार पहिलो पटक काइँलालाई […]

पोखरा स्पोर्ट्स अवार्डको लागि मनोनयन सार्वजनिक

१४ बैशाख २०८०, बिहीबार

  पोखरा ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गर्न लागेको सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को मनोनयन सार्वजनिक गरिएको छ । बुधबार क्लासिक चुलो पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर मञ्चले चार विधामा मनोनयनमा पर्न सफल भएका तीन–तीन जना खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो । वर्ष २०७९ मा उनीहरुले प्राप्त गरेका उपलब्धिको […]

पोखराका पाँच पत्रकारलाई ‘प्रेस चौतारी पत्रकारिता’ पुरस्कार, दुई जनालाई सम्मान 

१२ बैशाख २०८०, मंगलवार

  पोखरा  ।  पोखराका पाँच जना पत्रकारलाई प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । यस्तै, दुई जनालाई सम्मान गरिने प्रेस चौतारी कास्कीले जानकारी दिएको छ । दुई दशक बढी समयदेखि पत्रकारिता गरिरहेका अग्रज पत्रकारहरु रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, सुष्मा पौडेल र केशव पाठकलाई पुरस्कृत गर्न लागेको हो । यस्तै, राजु भण्डारी […]

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएनन्

९ बैशाख २०८०, शनिबार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । अधिकारी नेतृत्वको सरकारले शनिबार प्रदेश सभामा विश्वासको मत पाएनन् । प्रदेशसभामा उपस्थित भएका ५९ सदस्य मध्ये मुख्यमन्त्री अधिकारीको पक्षमा २४ र विपक्षमा ३५ मत पर्‍यो । यससँगै पुस २५ गते बनेको अधिकारी नेतृत्वको एमाले सरकार एक सय पाँच दिनमा ढलेको हो ।     […]

सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयासमा छौं : सञ्चारमन्त्री शर्मा

९ बैशाख २०८०, शनिबार

काठमाडौं ।   सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताएकी छन् । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले मन्त्री शर्मालाई सिंहदरवारमा ज्ञापनपत्र बुझाउने क्रममा सरकारी विज्ञापनमा भएको चुहावट रोक्नेगरी सरकारले गृहकार्य अघि बढाएको बताएकी हुन् । सरकारी विज्ञापनमा देखिएको चुहावट र विचौलियापन रोक्न सकेमात्र नेपाली सञ्चार माध्य […]

लैंगिक हिंसा न्यूनिकरणका लागि महिला पुरुष समसचेतना कार्यक्रम

६ बैशाख २०८०, बुधबार

  पोखरा । पोखरा महानगपालिका वडा नम्वर  ४ मा  महिला हिंसा न्यूनिकरण गर्ने उद्देश्यले लैंगिक हिंसा बिरुद्ध पुरुषको ऐब्यबद्धता महिला पुरुष समसचेता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गदै पोखरा महागनरपालिका  वडा नम्वर  ४ का  वडाअध्यक्ष देवकृष्ण पराजुलीले  हिंसा र हिंसा गर्नेहरुलाई कानुनमा सजायको व्यवस्था के छ भन्ने बारे महिला पुरुष दुवै जनाले जान्नुपर्नेमा […]