पोखरा महानगरपालिका वडा नम्बर १२ मा तीन महिने ब्युटिशियन तालिम
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ को आयोजनामा तीन महिने ब्युटिशियन तालिम सम्पन्न भएको छ । पोखराको बुद्धचोकमा रहेको ववि ब्युटि सलोन एण्ड टे«ेनिङ सेन्टरको प्राविधिक सहयोगमा वडा भित्र रहेका महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिमको समापन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले आगामी दिनमा पनि युवाहरुलाई […]
नेपाल विद्युत प्राधिकरणको ३८ औँ बार्षिकोत्सवको अवसरमा वृक्षारोपण
देबिका तामाङ पोखरा ।नेपाल विद्युत प्राधिकरणको ३८ औँ बार्षिकोत्सवको अवसरमा प्राधिकरणका कार्यालय तथा अन्य हाता भित्र वृक्षारोपण गरी मनाएको छ । सोमबार सेती पावरहाउसबाट सुरु गरिएको सो कार्यक्रम गण्डकी प्रदेशका १३ वटै वितरण तथा उत्पादन केन्द्रमा विभिन्न जातका ३ सय बोटबिरुवाहरु वृक्षरोपण गरिएको नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रशासन अधिकृत भोलानाथ शर्माले जानकारी दिनुभयो […]
कभर्डहल र क्रिकेट खेल मैदानको सम्भव्यता अध्ययन गर्न परिषदले बनायो उपसमिति
पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले गण्डकी प्रदेशमा कभर्डहल निर्माण र क्रिकेट खेल मैदानको सम्भव्यता अध्ययन गर्ने भएको छ । परिषदको सोमबार बसेको कार्यकारी समितिको बैठकले उक्त निर्णय समेत गरेको हो । परिषदका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतमा सम्पन्न बैठकले कभर्डहल निर्माण र क्रिकेट खेल मैदानको सम्भव्यता अध्ययन गर्न परिषदका कार्यकारी सदस्य ऋषीराम गौतमको संयोजकत्वमा […]
पब्लिक क्याम्पसलाई गण्डकी प्रदेशले दिने सहयोग बढाउँछौँ : मुख्यमन्त्री पाण्डे
पोखरा । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश भित्रका पब्लिक क्याम्पसलाई मर्जर प्रक्रियामा अघि बढ्न सुझाब दिएका छन् । शनिवार पोखरामा नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशको अधिवेशन उद्घाटन गर्दै उनले भने ‘विद्यार्थी संख्या, लगानी सबैलाई हेर्दा पब्लिक क्याम्पसहरु मर्जर प्रक्रियामा अघि बढ्दा लगानी अनुसारको प्रतिफल आउन सक्छ ।’ सरकारले उच्च शिक्षामा गरेको लगानी अनुसार […]
नसीखोला कृषि तथा पशु उत्पादनको उर्वर भुमि हो,पालिकाले यसमा जोड दिएको छः उपाध्यक्ष घर्तीमगर
कविता घर्तीमगर पोखरा ।गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको निसीखोला गाउँपालिका कृषि तथा पशु उत्पादनको उर्वर भुमि हो । पालिकाबासीहरु सामान्य खेतीकिसान,भेडाबाख्रा,गाईभैसी पालनमै व्यस्त छन् । परम्परागत कृषि र पशुपालनलाई थप व्यवस्थित बनाउन स्थानिय सरकारले पहिलो प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम बनाएको छ । नयाँ आर्थिक वर्षको सुरुवातबाट नै गाउँपालिकाले कृषि उत्पादन,विस्तार […]
‘प्रज्ञा पोखरा घोषणापत्र २०८०’ जारी गर्दै सकियो अन्तरक्रिया
राजाराम पौडेल पोखरा ।पोखरामा आयोजना भएको नेपालका प्रज्ञा–प्रतिष्ठान बिचको अन्तरक्रिया कार्यक्रम १० बुँदे ‘प्रज्ञा पोखरा घोषणापत्र २०८०’ जारी गर्दै सम्पन्न भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठान, गण्डकी प्रज्ञा–प्रतिष्ठान तथा सुदूर पश्चिम प्रज्ञा–प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्य सचिव, प्राज्ञ परिषद् तथा प्राज्ञ सभाका […]
‘दुई नाटक’ मञ्चन सुरु, नाटक ‘बुकिङ शो’ मार्फत देखाइने
राजाराम पौडेल पोखरा । कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश ‘घरको माया’ एकांकीलाई नाट्य रुपान्तरण गरेर तयार भएको ‘दुई नाटक’ मञ्चन सुरु भएको छ । नाटकलाई पहिलो दिन ‘प्रिमियर शो’ मार्फत गन्धर्व नाटकघरमा मञ्चन गरिएको हो । पोखरा थिएटरको प्रस्तुतीमा तयार भएको यो नाटक अब […]
प्रदेश खेलकुद परिषदद्वारा खेलकुद संघहरु संगको अन्तक्रिया सम्पन्न
पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेश खेलकुद संघहरु संग एक मंगलबार वृहद छलफलसहितको अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न ३० भन्दा वढि खेल संघरुहको सहभागिता रहेको सो कार्यक्रममा प्रदेशको खेलकुद विकासका लागि खेलसंघहरु संगको विभिन्न समस्याहरुका बारेमा खुलेर छलफल भएको परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् । सम्पन्न कार्यक्रम बारे जानकारी दिंदै […]
कास्कीको लुम्लेमा एमालेको प्रशिक्षण सुरु
पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकी प्रदेश प्रशिक्षक प्रशिक्षण कास्कीको लुम्लेमा सुरु भएको छ । एमाले गण्डकी प्रदेश स्कुल विभागको आयोजनामा कास्की अन्नपूर्ण गाउँपालिकाले लुम्लेमा ३ दिने प्रशिक्षक प्रशिक्षण सुरु भएको हो । साउन १२ गतेसम्म चल्ने प्रशिक्षणमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीसहित मायानाथ अधिकारी, नवराज शर्मा, राधाकृष्ण लामिछाने, बिके पराजुलीसहित नेताले प्रशिक्षण गराउनेछन् । […]
विद्यार्थीलाई लक्षित गरेर पोखरामा नाटक मञ्चन हुने
राजाराम पौडेल पोखरा । पछिल्लो समयमा विद्यार्थीको रुचि नाट्य क्षेत्रमा बढ्न थालेको छ । नाटक मार्फत शैक्षिक तथा व्यवहारिक ज्ञान रमाइलो तरिकाले जान्न पाउँदा उनीहरुको रुचि यसतर्फ बढ्न थालेको हो । यही क्रममा विद्यार्थीलाई लक्षित गरेर पोखरामा नाटक मञ्चन हुने भएको छ । कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को […]