भूतपूर्व खेलाडीमञ्च नेपालले सञ्चालन गर्दै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितालाई सुजल डेरीले साथ दिने भएका छन् ।
प्रतियोगिता सम्बन्धमा जानकारी दिने उद्देश्यका साथ आज यहाँ आयोजित पत्रकार सम्मेलानमा आगामी तीन वर्षसम्म म्याराथनको सञ्चालनका लागि मञ्च र डेरीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो अवसरमा सुजल डेरीका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले खेलकूदको माध्यमबाट पोखरा चिनाउनका लागि म्याराथनलाई डेरीले साथ दिने भएको बताउनुभयो ।
भूतपूर्व खेलाडीमञ्च नेपालका अध्यक्ष तेजबहादुर गुरुङले म्याराथनबाट विश्वका धेरै मुलुक आप्mनो पहिचान बनाउन सफल भएको उल्लेख गर्दै यस प्रतियोगिताले पोखराको गरीमा र महत्व बढाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले खेलकूदको विकासमा निजी तथा व्यावसायिक क्षेत्रको सहयोग अपरिहार्य हुने बताउँदै यसका लागि महानगरपालिका पनि साझेदारी गर्न तयार रहेको बताउनुभयो ।
यस वर्षको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन ७ गते हुने आयोजकले जनाएको छ ।