सङ्घीयता सिक्न सातै प्रदेशका सांसदहरू अमेरिका

२५ मंसिर २०८०, सोमबार

  नेपालको सङ्घीय संरचनालाई संस्थागत गर्न र प्रदेश संरचनालाई मजबुत बनाउने उद्देश्यले नेपालका सातै प्रदेशका सांसदहरू सङ्घीयता सिक्न अमेरिका गएका छन् । हरेक प्रदेशबाट १–१ जना सांसद छानेर अमेरिकी विदेश विभागले अमेरिका लगेको हो । भ्रमणमा गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङसहित कोशी प्रदेशका बाबुराम गौतम, बागमतीका अमनकुमार मास्के, कर्णालीकी सन्तोषी शाही छन् । यस्तै, सुदूरपश्चिम प्रदेशकी ललिता […]

नेपालसँग आन्तरिक श्रोत पर्याप्त नभएकोले वैदेशिक लगानी अपरिहार्यः अर्थमन्त्री डा. महत

१५ कार्तिक २०८०, बुधबार

लण्डन । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय श्रोतको आवश्यकता रहेको जनाउँदै त्यसका लागि आन्तरिक श्रोत पर्याप्त नहुने भएकोले वैदेशिक लगानी अपरिहार्य रहेको बताउनुभएको छ । लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले सो कुरा बताउनुभएको हो । नेपाल र संयुक्त अधिराज्यबीच सन् […]

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसलाई पोखरामा भव्य स्वागत

१४ कार्तिक २०८०, मंगलवार

पोखरा ।    संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसलाई पोखरामा भव्य स्वागत गरिएको छ । नेपाली सेनाको विशेष विमान मार्फत पोखरा आउनुभएका महासचिव गुटरेसलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्र पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, सुरक्षा निकायका प्रमुख, पर्यटन व्यवसायी, जनप्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयमसेविका, आमा समुह, नेवारी […]

अर्थमन्त्री डा. महतद्वारा सहुलियतपूर्ण वित्तीय सहायता आह्वान

१० आश्विन २०८०, बुधबार

कायारो । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालजस्तो अल्पविकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान गर्नुभएको छ ।  इजिप्टको शार्म अल शेखमा आयोजित एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौं बैठकमा गभर्नरहरूको बिजिनेश राउण्ड टेबलमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै डा. महतले नेपाल जस्ता अल्पविकसित मुलुकको लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठूलो अर्थ राख्‍ने […]

अर्थमन्त्री डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित

८ भाद्र २०८०, शुक्रबार

भ्यानकुभर, क्यानाडा । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत  उपाध्यक्षमा निर्वाचित हुनु भएको छ । आज एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित हुनु भएको हो । यस अगाडि मन्त्री डा.महतले विश्व वातावरण कोषको एसेम्वली बैठकमा सम्बोधन गर्दै नेपालले […]

कास्की आदर्श समाज युएईको पाँचौ अधिवेसन सम्पन्न, अध्यक्षमा शिवकुमारश्रेष्ठ

१२ आश्विन २०७९, बुधबार

  युएई।  कास्की आदर्श समाज, युएईको पाँचौ अधिवेसन तथा आठौं वार्षिक साधारण सभा एक विशेष समारोहका बिच सम्पन्न भएको छ । उक्त अधिवेसनबाट सँस्थाका निवर्तमान कार्यसमितीका वरिष्ठ उपाध्यक्ष शिवकुमार श्रेष्ठ को अध्यक्षतामा राष्ट्रिय समिती सर्वसम्मत निर्विरोध चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा शिवराज बस्ताकोटी, प्रथम उपाध्यक्षमा सोम बहादुर खवास, द्दित्तिय उपाध्यमा ध्रुबराज आचार्य, महिला […]

मानवीय सहायता सामग्री लिएर नेपाली टोली काबुल प्रस्थान

२ माघ २०७८, आईतवार

  काठमाडौं । मानविय संकटबाट गुज्रिरहेको दक्षिण एसीयाली मुलुक अफगानिस्तानका लागि सहायता सामग्री बोकेर नेपाली टोली काबुल प्रस्थान गरेको छ ।   हिमालयन एयरलाइन्सको विमानमार्फत झन्डै १२ टन मानवीय सहायता सामग्रीसहित टोली काबुल प्रस्थान गरेको हो ।औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्री नेपालले सहगोग गरेको हो ।   परराष्ट्रमन्त्री डा नारायण खड्काले दक्षिण एसियाली क्षेत्रीय सहयोग […]

नेपालबाट कतार जाने यात्रुका लागि क्वारेन्टिन र खोपबारे कतार सरकारको नयाँ नियममा  यस्तो छ प्रावधान

१० श्रावण २०७८, आईतवार

  पाेखरा।  वैदेशिक रोजगारी या अन्य कामले कतार प्रवेश गर्ने नेपालीले खोपको मात्रा पुरा गरेको १४ दिनपछि प्रवेश गरेमा क्वारेन्टिन बस्नु नपर्ने भएको छ। कतार सरकारले आफ्नो मुलुक प्रवेशबारे हालै जारी गरेको नयाँ नियममा यस्तो प्रावधान राखिएको कतारस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। कतार प्रवेश गर्ने हरेक यात्रुले नेपालमा तोकिएका स्वास्थ्य […]

एनआरएनको न्यु साउथवेल्स राज्यको संयोजक (उपाध्यक्ष) पदमा संन्ध्या शाहको उमेदबारी

३ असार २०७८, बिहीबार

  पाेखरा। नारी निकुन्जकी संयोजक संन्ध्या शाहले  एनआरएनको न्यु साउथवेल्स राज्यको संयोजक (उपाध्यक्ष) पदमा उमेदबारी दिने घोषणा सार्वजनिक गरेकी छिन । नारि निकुन्जको सदस्यहुँंदै एनएसडब्लु संयोजक र हाल नारी निकुन्जकै संयोजक बनेकी शाहले यस पटक आफुले तिन कार्यकाल गरेको काम र अनुभवका आधारमा उपाध्यक्ष पद दावी गरेको बताइन । नारी निकुन्ज एनआरएन अस्ट्रेलियाको भगिनी संस्थाका […]

म्यान्मारमा सैनिक कू विरुद्ध अहिलेसम्मकै ठूलो प्रदर्शन, इन्टरनेट सेवा बन्द

२५ माघ २०७७, आईतवार

  पाेखरा। म्यान्मारमा सैनिक कू विरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो प्रदर्शन भएपछि सेनाले इन्टरनेट सेवा बन्द गरिदिएको छ । देशको मुख्य सहर याङ्गुनमा भिडले सैन्य शासकको विपक्ष र प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन् । दङ्गा प्रहरीहरुले शहरको मुख्य भागमा मुख्य मार्गहरु बन्द गरेका छन् । प्रदर्शनका निम्ति मानिसहरु परिचालन गर्न नदिन सेनाले इन्स्टाग्राम र ट्विटरमा रोक […]