निर्मलाका निम्ति न्याय माग्दै राष्ट्रपति भवन अगाडि प्रदर्शन, १२ जनालाई प्रहरीले पक्रियो

0
1014

निर्मलाका लागि न्याय माग्दै राष्ट्रिपति भवन अगाडि धर्ना र प्रदर्शनमा उत्रिएका एक दर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार दिउँसो ‘निर्मलाका निम्ति न्याय’ अभियानले न्याय माग्दै राष्ट्रपतिको कार्यालयको गेटै अगाडि प्रदर्शन गरेको हो।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि हत्यार पत्ता लाग्न सकेको छैन। हत्यारा पत्ता लगाई दोषीमाथि कडा कारबाहीको माग राख्दै सरकारलाई दबाब दिने उद्देश्यले निरन्तर रुपमा देशैभर प्रर्दशन हुँदै आइरहेको छ।

बिहीबार राष्ट्रपति भवन अगाडि आँखामा पट्टी बाँधेर प्रदर्शन भएको हो। प्रदर्शनमा उत्रिएका तीन किशोरीसहित १२ जनालाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा राखेको छ।

पक्राउ पर्नेहरुमा शृजना विश्वकर्मा, भावना राउत, सञ्जिला मगर लगायतका रहेका छन्।