ईपीएल क्रिकेट : ललितपुरको पहिलो जित

0
748

चितवनका लागि दिपेन्द्र सिंह ऐरीले ४१ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन । यस्तै चितवनका लागि कप्तान पृथु बास्कोटाले २६ तथा भिम सार्कीले २१ रन जोडे ।

ललितपुरका सन्दीप लामिछानेले ३ तथा सन्नी पटेलले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १४३ रन बनाएको थियो ।  ललितपुरका लागि सोनु तामाङले अविजित ३५ रनको योगदान दिए  । यस्तै सन्दीप जोरा ८ बलमा २५ रन जोडेर अविजित रहे  ।

त्यस्तै गौरव तामोरले ३० रन जोड्दा जयकिशन कोल्शावालाले २० रन जोडे । कप्तान ज्ञानेन्द्र मल्ल ३ रनमा आउट हुँदा सन्नी पटेलले १९ रन जोडे । चितवनका जर्ज स्कटले २ विकेट लिए  ।

जितसंगै ललितपुरले २ खेलबाट २ अंक जोडेको छ । शनिबार भएको पहिलो खेलमा ललितपुर विराटनगर वारियर्ससंग ३ विकेटले पराजित भएको थियो । चितवनले भने हारबाट लिगको सुरुवात गरेको छ ।