रारा तालमा साइकल मार्ग
कर्णाली प्रदेश सरकारले देशको सबैभन्दा ठूलो ‘रारा ताल’ आसपास क्षेत्रमा साइकल मार्ग निर्माण गर्ने भएको छ ।
रारा तालमा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेसँगै उनीहरुलाई भ्रमणमा सहजता ल्याउन उक्त मार्गको परियोजना ल्याइएको छ । साइकल मार्ग निर्माण भएपछि रारालाई साइकलबाट परिक्रमा गरी पर्यटकले त्यहाँको मनमोहक दृष्यलाई अवलोकन गर्न सक्नेछन् ।
रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने यस क्षेत्रको लम्बाइ पाँच किलोमिटर र चौडाइ तीन किलोमिटर छ । यही क्षेत्रफललाई परिक्रमा गरी यहाँको प्राकृतिक सैन्दर्य लिन चाहने पर्यटकलाई लक्षित गरिएको उक्त परियोजना शुरु गर्न करिब रु तीन करोड विनियोजन गरिएको कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले जानकारी दिनुभयो ।
प्रदेशले छिट्टै विस्तृत परियोजना प्रतिवेदन तयार गरी आगामी फागुनभित्र कार्य शुरु गर्ने लक्ष राखेको छ । असार मसान्तभित्रमा उक्त परियोजना सम्पन्न गरिने छ । प्राकृतिक सौन्दर्यलाई यथावत राखिने उक्त मार्ग तयार गर्ने क्रममा ढुङ्गाको ग्राभेल गरिने छ भने निकुञ्जभित्रका वन्यजन्तुको संरक्षणका लागि पिच गरिने छैन ।
समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा रहेको राराको गहिराइ १६७ मिटर छ । मुगु सदरमुकाम गमगढीबाट पश्चिमतर्फ करीब तीन घण्टाको पैदलयात्रामा रारा ताल पुग्न सकिन्छ । प्रदेश सरकारले पर्यटन उद्योगमा लगानी वृद्धि गरी रोजगार सिर्जना गर्ने योजना अघि सारेको छ ।
विसं २०३२ मा रारा राष्ट्रिय निकुञ्जको स्थापना गर्ने क्रममा रारा गाउँ र छाप्री गाउँ हटाइएको थियो । निकुञ्जको भित्री क्षेत्रमा परेका ती दुई गाउँका स्थानीयलाई कोहलपुरमा एकीकृतरूपमा बस्ती व्यवस्थापन गरिएको थियो । विसं २०३५ देखि सेनाले निकुञ्जको सुरक्षा दिँदै आएको छ ।
मुलुकका विभिन्न २२ निकुञ्जमध्ये उक्त निकुञ्ज क्षेत्रफलका हिसाबले सबैभन्दा सानो मानिन्छ । तालभित्रको निलो र सफा पानीले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित र आकर्षित बनाउँछ ।
मुलुकमा रहेका विभिन्न पर्यटकीयस्थललाई स्वदेश तथा विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यले न्यू आर्ट समिट ट्राभल एण्ड टुर्स प्रालिले स्थानीय तहका सरोकार पक्षसँग समन्वय गरी विभिन्न रचनात्मक तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ ।
उक्त संस्थाले स्थानीय मिलीचौरदेखि करिब ४ किलोमिटरको दुरी रहेको हुटासम्मको रारा पदमार्ग सरसफाइ गरी हालै ३२ वटा फोहोर सङ्कलन गर्ने भाँडो (डस्टबिन) उपलब्ध गराएको छ । आन्तरिक एवं बाह्य पर्यटकको बढ्दो चापसँगै पदमार्गमा प्लाष्टिकजन्य फोहरको मात्रा बढ्दै गएपछि डस्टबिनको व्यवस्था गरिएको संस्थाले जनाएको छ ।
प्रालिका प्रबन्ध निर्देशक सोमबहादुर तामाङले रारा सम्पदालाई उत्कृष्ट गन्तव्यस्थलका रूपमा प्रवद्र्धन गर्न स्थानीय तहमा उत्पादन भएका फोहरको व्यवस्थापन चुनौती बन्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले मुलुकको गौरव बोकेको पर्यटकस्थल भएको भए पनि त्यसको संरक्षण तथा प्रचारको अभावमा विकास हुन नसकेको विचार व्यक्त गर्नुभयो ।
विगतमा सडक सञ्जाल नभएका कारण हवाइ मार्ग भइ पर्यटक आउनुपर्ने बाध्यता थियो । केही वर्षयता कालीकोटदेखि मुगुसम्मको सडक जोडिएपछि अहिले पर्यटक पनि बढदै गएको निकुञ्जले जनाएको छ । गत वैशाख १ गते कर्णाली प्रदेशले ‘कर्णाली रारा भ्रमण वर्ष’ को अवधारणा ल्याएपछि यहाँ पर्यटकको आकर्षण तथा यसको विकासले तीव्रता पाउन थालेको छ । उक्त दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सोही स्थान पुगेर नागरिकलाई सम्बोधन गरेपछि अहिले सात महिनाको अवधिभित्र करिब ५० हजार पर्यटकले भमण गरिसकेका छन् । अघिल्लो वर्षको यस अवधिमा करिब ३० हजार पर्यटक सहभागी भएको निकुञ्जले जनाएको छ ।
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
पाेखरा -२५ हेमजामा बनेको चौर अम्बोट झोलुंगे पुलको उद्घाटन
२ आश्विन २०८१, बुधबार -
छोरेपाटन साकोसको सत्रौ वार्षिक साधारण सभा सम्पन्न
३१ भाद्र २०८१, सोमबार -
माउन्ट अन्नपूर्ण मा वि मा विविध कार्यक्रमका साथ बालदिवस मनाइयाे
३१ भाद्र २०८१, सोमबार -
खल्तीबाट वर्ल्डलिङ्क इन्टरनेटको बिल गर्दा ‘नामी’ ईभी जित्ने अवसर
३१ भाद्र २०८१, सोमबार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
पाेखरा -२५ हेमजामा बनेको चौर अम्बोट झोलुंगे पुलको उद्घाटन
२ आश्विन २०८१, बुधबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार -
साफ च्याम्पियनसीप : सेमिफाइलका खेल आज, इतिहास रच्ने दाउमा
२७ भाद्र २०७५, बुधबार
You may also like
पाेखरा -२५ हेमजामा बनेको चौर अम्बोट झोलुंगे पुलको उद्घाटन
पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले पोखरा महानगरपालिका २५ मा बनेको चौर अम्बोट झोलुंगे पुलको उद्घाटन गरेका छन् । करिब ७५ लाखमा निर्माण भएको उक्त पुलको बुधबार मन्त्री केसीले उद्घाटन गरेका हुन् । उक्त पुल निर्माणका लागि आस्था निर्माण सेवाले गत चैतमा ७४ लाख ९४ हजार […]
छोरेपाटन साकोसको सत्रौ वार्षिक साधारण सभा सम्पन्न
पाेखरा । पोखरा महानगरपालिका वार्ड न. १७ मा अवस्थित छोरेपाटन साकोसको सत्रौ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भयो। पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि तिवारीले प्रत्येक सहकारीहरु सहकारीको मर्म र भावनाअनुरुप चलाउनु पर्ने सुझाव दिदै वर्तमान सन्दर्भमा सहकारीप्रति आम जनमानसको दृष्टिकोण नकारात्मक भएको प्रति चिन्ता व्यक्त गर्दै […]
माउन्ट अन्नपूर्ण मा वि मा विविध कार्यक्रमका साथ बालदिवस मनाइयाे
पाेखरा । माउन्ट अन्नपूर्ण मा.वि .नदीपुरमा बाल दिवसको सुअवसरमा मनोरञ्जनयुक्त खेलकुद,कविता वाचन, चित्रकला प्रतियोगिता,नृत्य तथा गायन प्रतियोगिता आदि कार्यक्रमहरू सम्पन्न भएका छन। विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गराउने उदेश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले विद्यार्थीलाई बालदिवसको सुअवसरमा शुभकामना दिदै विद्यालयमा विद्यार्थीहरूले खेल्दै सिक्नसक्ने रमणीय वातावरणको सिर्जना गर्न विद्यालयको प्रयास जारी रहेको बिचार व्यक्त […]
खल्तीबाट वर्ल्डलिङ्क इन्टरनेटको बिल गर्दा ‘नामी’ ईभी जित्ने अवसर
काठमाडौं । डिजिटल वालेट खल्तीले ‘खल्ती फुल दशैं’ अफर ल्याएको छ । यस अन्तर्गत खल्तीबाट वर्ल्डलिङ्कको इन्टरनेट नवीकरण गर्ने तथा नयाँ जडान गर्ने ग्राहकले ‘नामी ०१ ईथ्री’ ईभी जित्न सक्नेछन् । अफरमा सहभागी हुन वर्ल्डलिङ्कको सब्स्क्रिप्सन नवीकरण गर्नुपर्नेछ । एक महिना, तीन महिना, एक वर्ष वा २४ महिनाको सब्स्क्रिप्सन नवीकरण गर्ने ग्राहक यस अफरमा स्वतः सहभागी हुनेछन् । एक […]
डेमाेक्रयाटिक लयर्स एशाेसियसन कास्कीको अध्यक्षमा कमलपति शर्मा
पाेखरा । नेपाल डेमाेक्रयाटिक लयर्स एशाेसियसन कास्कीको अध्यक्षमा कमलपति शर्मा निर्वाचित हुनुभएकाे छ । एशाेसियसनकाे शनिबार पाेखरामा सम्पन्न १५ औं साधारण सभा तथा छैटौं अधिबेशन अन्तर्गत भएको निर्वाचनमा प्रतिस्पर्धी शिवराज वाग्लेलाई पछि पार्दै शर्मा निर्वाचित हुनुभएको हाे।शर्माले १सय २८ मत प्राप्त गरेर विजयी हुँदा प्रतिस्पर्धी वाग्लेले १ सय मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा प्रतिस्पर्धी […]
सुनास कास्कीको अध्यक्षमा सिरोज कोइराला
पोखरा । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग आवद्ध सुशासनका लागि नागरिक समाज (सुनास) कास्की, गण्डकीको अध्यक्षमा सिरोज कोइराला शुक्रबार निर्विरोध चयन भएका छन् । सुनासको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले कोइरालाको नेतृत्वमा निर्विरोध दुई वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी, सचिवमा शान्तिकुमारी गुरुङ, सहसचिवमा विष्णुप्रसाद पौडेल र कोषाध्यक्षमा […]
योगी र बिसीको अर्को सहयात्रा ‘साहिँला दाइ’ स्रोतामाझ
काठमाडौं । धेरै पहिले जनताले चाहेको व्यवस्था फरियो । त्यसपछि पटक पटक सत्ता फेरियो । वर्षमै तीनचारवटा सरकार फेरियो। तर कहिल्यै जनताको अवस्था फेरिएन। र त, आज देशै रित्तिजानेजसरी विदेशिनेको लर्को लागेको छ । युवा मात्रै होइन अधबैंसेलाई पनि देशको अवस्थादेखि झर्को लागेको छ । हो यही भावमा संचारकर्मी तथा गीतकार शिवराज योगीले रचना गरेको […]
पोउवासंघ लाई राम्रो बनाउन टीम चाहिन्छ, त्यो हामीले लिएर आएका छौं ः अर्जुन पोखरेल
पोखरा । पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदैछ । यस महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने भएकाले नेतृत्वका लागि अर्जुन पोखरेल प्यानलसहित चुनावी प्रचारप्रसार लागेका छन् । अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल वर्तमान समितिका पदाधिकारी र सदस्यहरुलाई समेटेर प्यानल बनाएर व्यवसायीहरुको घरदैलोमा पुगिरहेका छन् । पोखरा […]
व्यवसायी र पोखराको लागि केही गर्न भनेर टिमसहित आएका छौंः उपमहासचिव उम्मेदवार कोइराला
पोखरा । पोखरा उद्योग वाणिज्यको ३५ औं महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार बालकृष्ण कोइरालाले पोखरा र पोखराको व्यवसायीहरुको लागि केही गर्न पर्छ भन्ने उद्धेश्यसहित आएको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघको ७ पदाधिकारी मध्ये २ पदाधिकारीमा मात्र निर्वाचन हुने पक्का छ । ७ पदाधिकारी मध्ये अध्यक्ष र उपमहासचिव पदमा मात्र निर्वाचन हुनेछ भने, बाँकी तीन […]
अपाङ्गताको क्षेत्र गण्डकी सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपाङ्गताको क्षेत्र गण्डकी सरकारको प्राथमिकतामा रहेको बताउँदै यस विषयमा सरकार संवेदनशील रहेको बताएका छन् । लक्षित वर्गलाई समेट्न गरी नीति, कार्यक्रममा सरकारले विषेश ध्यान दिएको उनले बताए । ‘प्रादेशिक अपाङ्गता नीति निर्माण भएर कार्यन्वयन भईरहेको छ, अपाङ्गताको क्षेत्र केन्द्रित भएर काम गर्ने गरी अपाङ्गता निर्देशन समिति छ’ बिहिवार राष्ट्रिय अपाङ्ग […]
Leave a Reply
You must be logged in to post a comment.