महायज्ञमा दानविरहरुको ओइरो

0
894

राष्ट्रिय परोपकार महासंघ को आयोजना र बिभिन्न संघ संस्थाको सहयोगमा पोखरा ३१ वेगनासताल मन्दरे पार्कमा मंसिर २२देखि शुरु भएको श्रीमद भागवत विराट ज्ञानमहायज्ञमा श्रदालु भक्तजनहरुको उल्लेखिय सहभागिता रहेको आयोजकले जनाएको छ ।
भागवत भाष्कर कमलनयन गौतमको मुखराविन्दुबाट संगितमय प्रवचन भइरहेको उक्त महायज्ञ अन्तर्गत २३ गते आइतबार विहान ७ देखी ११ बजेसम्म नित्य पूजाअर्चना, पूर्वान्न ११ बजेदेखि अपरान्ह ४ बजेसम्म कथावाचन, अपरान्ह ४ः१५ बजे आरती गरिएको थियोत्यस्तै आइतबार पोखरा २७ डाँडको नाक निवासी गम बहादुर गुरुङले २ लाख ५हजार ५ सय ५५ दान गरेका थिए । त्यस्तै गरी धु्रवनाथ अधिकारीले ५५ हजार ५ सय ५५ , गंगाराम सुवेदीले ५५ हजार ५ सय ५५ दान गरेका थिए । यसै गरी शिवहरी वास्तोला ५ हजार ५ सय ५५, कुल वाँध सामुदायिक वन समितिले ५ हजार ५ सय ५५ , हिरामणी सुवेदी छ हजार ५ सय ५५, चन्द्रकला तिवारी माझठाना बाट १० हजार १ सय ५५, हरियाली आमा समुह वनपोखराबाट १० हजार १ सय ५, रञ्जना कंडेल पोखरा छ हजार ५ सय ९५, लक्षिमा वास्तोला वेगनास ५ हजार ५ सय ५५, तिर्थ कुमारी कंडेल ५ हजार ५ , शोभा तिमिल्सिना १० हजार ५ सय ५५ दान गरेका छन् । यसै गरी वेगनासताल गणेश कार्की र सिता कार्कीबाट ५५ हजार ५ सय ५५ प्रदान गरेका छन् । त्यसैगरी दान उद्घोषण, संकलन, मानसम्मान एवं सुसोभन कार्यक्रम महायज्ञ अवधिभर गरिने पनि महायज्ञ मूल आयोजक समितिले जानकारी दिएएको छ ।
महायज्ञ अवधीभर बेगनासताल क्षेत्रमा बिभिन्न कालखण्डमा पानीमा डुबेर असामयिक निधन भएका व्यक्तिहरुको आत्माको चिर शान्तिको कामना गर्दै दिंवगत व्यक्तिका परिवारजनहरु कर्ताको रुपमा पूजामा संलग्न रहेको मुल समारोह समितिका अध्यक्ष डिल्लिरमण तिवारीले बताए ।