कार्यक्रममा मन्त्री गुरुङले स्वाधीन अर्थतन्त्र निर्माण गर्दै गण्डकी प्रदेशले समृद्धिको खाका बनाइरहेको बताए ।
उनले अस्वस्थ हँदा जीवनकै आनन्द लिन नसकिने र यसबाट व्यक्ति र राष्ट्रलाई घाटा हुने भएकाले स्वास्थ नागरिक तयार गर्न प्रदेश सरकार दृढ रहेको बताए ।उनले भने, ‘प्रदेशमा हामी मृटु, क्यान्सर र मृगौलाका विशिष्टिकृत अस्पताल बनाउने योजनामा छौं ।’ उनले प्रदेशमा १ हजार शैड्ढयाको जनरल अस्पताल र मातृशिशु अस्पतालसमेत स्थापना गर्ने प्रदेश सरकारको योजना रहेको बताए ।
नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तले युआरएलले संसारकै उत्कृष्ट प्रविधि भिœयाएर उपचारको क्षेत्रमा नयाँ आयाम थपेको उल्लेख गरे ।गण्डकी मेडिकल कलेजका प्रिन्सिपल प्राडा रवीन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य क्षेत्रमा पछिल्लो समय आशातीत प्रगति भएको बताए । उनले आधुनिक ल्याब, मेडिकल कलेज र सचेतना विकासले नेपालीको स्वास्थ्य अवस्था सुध्रिदै गएको बताए ।
प्राइभेट हस्पिटल एसोसियसन गण्डकी अध्यक्ष अशोक पालिखेले सरकारी अस्पतालको तेब्बर सेवा निजी अस्पतालले दिइरहेको बताए । उनले युआरएलको सामाजिक कार्यले निजी स्वास्थ्य संस्थाले कमाउनेमात्र होइन, सेवा पनि गर्छन् भन्ने पुष्टि गरिदिएको उल्लेख गरे ।
पालिखेले भने, ‘प्राइभेट अस्पतालले कमाउँछन्मात्र भन्ने मान्यता सही छैन । हामी उत्कृष्ट स्वास्थ्य सेवा कम शुल्कमै दिइरहेका छौं ।’
युआरएलका अध्यक्ष सुशील थापाले गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युआरएल प्रदेश सरकारको योजना र जनस्वास्थ्य एजेन्डालाई सघाउन तयार रहेको बताए । उनले सेवामूलक तवरले अझ विशिष्टिकृत परीक्षणहरु थप्दै गण्डकी प्रदेशलाई रक्त परीक्षणमा आत्मनिर्भर बनाउन आफूहरु लागिरहेको बताए ।
युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले ल्याबले नाफाभन्दा बढी सामाजिक दायित्वलाई मध्यनजर गरेको बताए । उनले विश्वकै सर्वाेत्कृष्ट प्रविधि, रिएजेन्ट, मेसिन र चुस्त व्यवस्थापनमार्फत उत्कृष्ट सेवा दिएकाले नै सबैले युआरएललाई विश्वास गरेको उल्लेख गरे ।
पत्रकार वञ्जाराले सम्मानबाट आफूबाट स्वास्थ्यबारे जनसाधारणमा सचेतना जगाउँदै विकृतिहरुको भण्डारफोर गर्ने ऊर्जा थपिएको बताए । २० पत्रकारबाट पत्रकारितामा क्रियाशील उनी सराङकोट साप्ताहिकका सम्पादक हुन् ।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वद्रिविनोद प्रतिक र पत्रकार कमल पौडेल ‘अथक’, युआरएलका निर्देशक दिनेशबाबु खड्का र पत्रकार ऋषि खतिवडाले पनि बोलेका थिए । समारोहका युआरएलका कर्मचारी जोनीसारा रानालाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरियो ।
पत्रकार राजबहादुर गुरुङको संयोजकत्वमा गठित समितिका सदस्यमा जिएमसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्य पत्रकार ऋषि खतिवडा, अधिकारकर्मी रामबहादुर पौडेल र नेपाल पत्रकार महासंघ कास्कीका प्रतिनिधि कमल पौडेल ‘अथक’ सदस्य थिए .