पोखराअन्तराष्ट्रिय क्षेत्रीय विमानस्थल तोकिएको समय भन्दा छ महिना अघि निर्माण सम्पन्न हुने

२८ मंसिर २०७५, शुक्रबार

पोखरा,। पोखराको काहुँडाँडामा शुक्रवार काहुँ धरहरा महोत्सवको  उद्घाटन  गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पोखरा अन्तराष्ट्रिय क्षेत्रीय विमानस्थल तोकिएको समय भन्दा छ महिना अघि निर्माण सम्पन्न हुने बताउनु भएको छ ।महोत्सवको आज उद्घाटन गर्दै उहाँले विमानस्थल निर्माण कार्य तिब्र गतिमा भएको कारण सन २०२१ को शुरुदेखिनै सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो ।उहाँले मुलुकले सन २०२० सम्ममा लगभग २५ लाख र २०३० को अवधिमा ५० लाख भन्दा बढी पर्यटक भित्र्याउने आधार तयार भएको बताउनु भयो ।मुलुकमा परिवर्तनको अनुभूति हुने गरि हरेको मान्छेले रोजगारी पाउने अवस्थाको सिर्जना गरेर समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सफल बनाउन सबै क्षेत्रको भूमिका महत्वपूर्ण रहने उहाँले बताउनुभयो । गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले पर्यटन प्रवद्र्धन प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै पर्यटनको विकास जनताको समृद्धिसंग जोडिने विश्वास व्यक्त गर्नुभयो ।अर्का प्रदेश सभा सदस्य विन्दु थापाले होमस्टेको माध्येमबाट सहर केन्द्रीत पर्यटकलाई ग्रामीण क्षेत्रमा विस्तार गरि आर्थिक समृद्धिको आधार निर्माण गर्नुपर्ने बताउनुभयो ।महोत्सव मङसिर २८ गतेदेखि पुस ८ गतेसम्म सञ्चालन हनेभऐको छ ।जनकल्याण क्लव आयोजक, फुलवारी क्लव सहआयोजक, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा एनएमवि बैक मुख्य प्रायोजक रहेको महोत्सवमा बिभिन्न प्रकारका ४० भन्दा बढी स्टल रहेका छन् ।

Leave a Reply