जागरण अभियान नेपालको तेश्रो साधारणसभा तथा बिशेष अधिबेशनले शंकरमणि त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सिर्जना साप्कोटा,महासचिबमा नारायण प्रसाद भण्डारी,सचिबमा मोतिसागर अधिकारी,कोषाध्यक्षमा ओम कुमारी आचार्य चयन भएका छन ।त्यसैगरि सदस्यहरुमा किरण रेग्मी,चिदानन्द त्रिपाठी,सिर्जना त्रिपाठी र कपिलदेब शर्मा चयन भए ।
कार्यक्रममा बोल्दै गैह्र सरकारी संस्था महासंघ नेपालका केन्द्ीय महासचिब रामप्रसाद सुवेदीले समृद्धि हासील गर्नका लागि सबै नेपाली एकजुट भएर लाग्नु पर्ने बताए।
कार्यक्रममा संस्थापक सल्लाहकार माधवशरण पौडेल,बिश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष शंकर खराल ,अधिबक्ता माधबराज बाँस्तोला लगाएतले बोलेका थिए।
कार्यक्रममा कोषाध्यक्ष ओमकुमारी आचार्य ,महासचिब शंकरमणि त्रिपाठी र अध्यक्ष मोतिराज तिम्सिनाले आ आफ्नो प्रतिबेदन प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष मोतिराज तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिब शंकरमणि त्रिपाठी र स्वागत प्रथम उपाध्यक्ष बिनोद प्रसाद त्रिपाठीले गरेका थिए ।
कार्यक्रममा संस्थाका सदस्य मोहन साप्कोटा पुस्तक तथा स्टेशनरी ब्यबसायी संघ कास्कीको अध्यक्षमा निर्बाचित भएको भन्दै सम्मान समेत गरिएको थियो ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.