ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रेश्वरी माविमा एक दिने निःशुल्क ‘स्तन क्यान्सर परीक्षण तथा हाडजोर्नी शिविर’ सम्पन्न गरेको छ ।
अस्पतालको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत संयुक्त अरब इमिरेट्सको नेपालस्थित राजदूताबास तथा सारजा च्यारिटी इन्टरनेशनलसँगको सहकार्यमा गरिएको शिविरमा सिन्धुपाल्चोक तथा आसपासका जिल्लाहरुबाट करिब तीनसय जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
शिविरका क्रममा सिन्धुपाल्चोकका स्थानियवसीमा पोषणको सामस्या, आफ्नो शरीरको राम्रोसँग हेरचाह गर्न नजानेको र आर्थिक अभावका कारण रोगपालेर बस्न बाध्य भएको अवस्था देखिएको र धेरै जनामा हाड खिइने र जोर्नी दुख्ने, बाथसम्बन्धी समस्या धेरै देखिएको, कतिपयमा ढाडको नसा च्यापिएर हुने समस्याहरु देखिएको, कतिपएको अप्रेशन बिग्रिएर र सङ्क्रमण भएको समेत पाइएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर समेत रहनुभएका अर्थोपेडिक सर्जन डा चक्रराज पाण्डेले जानकारी दिनुभयो ।
शिविरमा महिलालाई हरेक महिना आफ्नो स्तनको परीक्षण आफैं गर्ने बिधिबारे प्रशिक्षण दिइएको र स्तन क्यान्सरबारे जानकारी गराइएको थियो । आइ ब्रेष्ट इक्जामिनेशन (पिको फिङ्गर)द्वारा धेरै महिलाको स्तन परीक्षण गरिएको थियो जसमध्ये आठजनाको स्तनमा गिर्खा भेटिएको र उनीहयरुलाई उपचारबारे समेत जानकारी गराइएको ब्रेष्ट सर्जन डा. साधुराम पाण्डेले जानकारी दिनुभयो ।
शिविरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर तथा अर्थोपेडिक सर्जन डा पाण्डेको नेतृत्वमा अर्थोपेडिक सर्जनहरु डा सुनित दाहाल, डा रामकृष्ण दाहाल,डा राम थापाको टोली तथा कन्सल्ट्यान्ट जिआइ तथा ब्रेष्ट सर्जन डा. साधुराम पाण्डेसँगै क्यान्सर विशेषज्ञ डा आविस अधिकारीको संलग्नता रहेको थियो ।