ज्योति लाईफले दियो ५ लाख विमा रकम

0
989

ज्योति लाईफ सुखड शाखाले हृदयघातवाट मृत्यु भएका सुरेश वहादुर शाहिको विमा रकम उनको परिवारलाई सोमवार हस्तान्तरण गरेको छ । घोडाघोडि नगरपालिका वडानं ८ का वडा अध्यक्ष भिम वहादुर वोगटिको प्रमुख आतिथ्य तथा ज्योति लाईफ ईन्सोरेन्स क्षेत्रिय प्रवन्धक देशराज चौधरिको उपस्थितिमा ५ लाखको चेक हस्तान्तरण गरेको सुखड शाखा प्रमुख टेकराज आचार्यले बताए । वडा नं ८ शिवपुरका शाहिले गत जेष्ट २८ गते ५ लाखको विमा गरि पहिलो किस्ता ३८ हजार २ सय बुझाएका थिए ।उनकोहृदयघातवाट कार्तिक ४ गते निधन भएको थियो । विमा गरेको४ महिनामै मृत्यु भएका शाहिको मृत्यु पछि पाउने रकम मृतककि श्रीमती दुर्गादेवि शाहिलाई वडा कार्यालयमा औपचारिक कार्यक्रमका विच चेक हस्तान्तरण गरिएको हो