मजा लिन पहिले मलाई बुझ्नुपर्छ (भिडियोसहित)

0
1413

नेपालको सांगीतिक क्षेत्रमा सरस्वती लामा स्थापित नाम भइसकेको छ । सरस्वतीको दावीमा उनी पर्फरमर हुन् । तर उनलाई कतिपयले छाडा प्रस्तुती दिने गायिका पनि भनेका छन् । यद्यपि उनको प्रस्तुतीमा रमाउनेहरु धेरै छन् । अन्तर्वार्ताहरुमै आफ्नो क्लिभेज ओपन गरेर कुराकानी गर्न नहिच्कीचाउने सरस्वतीको मत छ– सके मेरो जस्तो प्रस्तुती अरुले पनि गरे हुन्छ नी ।

 

लामाको अनुभवमा यस्ता धेरै मानिसहरु छन्, जो उनीसँग आउँछन्, सेल्फी खिच्छन् । उनको प्रस्तुतीमा रमाउँछन् । तर पछि तिनैले ‘सरस्वती उच्छृङ्खल छे’ भन्छन् ।

 

नेपालमा आमा समूहहरु धेरै खुलेका छन् । तर ती समूहहरुको कुनै गतिलो काम भने छैन । सम्भवतः आमा समूहहरुले सरस्वतीको आलोचना गरेकोले हुनुपर्छ उनी त्यस्ता समूहसँग असन्तुष्ट छिन् । उनी भन्छिन्, ‘आमा समूह गठन गरेको छ, अनि भेला भएको छ । भेलामा मेरो हजबेन्डको गर्लफ्रेन्ड यो, त्यो भनेको छ । बेलुका साग खाने कि मासु खाने चर्चा गरेको छ । यस्तो तालका आमा समूह के काम ?’

आमा समूहको नाममा खोलिएका संगठनहरु बन्द गर्नु पर्ने सरस्वतीको माग छ । उनको कार्यक्रममा आमा समूहले अवरोध गरेको उनैले खुलाइन् ।

सरस्वती भन्छिन्, ‘मलाई नबुझी विरोध गर्न आमा समूहहरुलाई सुहाउँदैन । मलाई बुझ्नेले मजा लिएका छन् मसँग । रमाइलो लिएका पनि छन् । नबुझ्नेहरुको दिमागमा घण्टी बजाऊ ।’