चलचित्र असफल भयो भने कतिसम्म विजोग तरिकाले हुन्छ भन्ने उदाहरण बनेको छ, ‘चौका दाउ’ । यो चलचित्र पौष २७ गतेबाट रिलिज भएको थियो । यो चलचित्रले काठमाण्डौका हलबाट जम्मा ६ लाखको शेयर दिएको छ । चलचित्रका लागि यसका वितरक गोपालकाजी कायस्थले निर्मातालाई १६ लाख दिएका थिए । तर, चलचित्रले ६ लाख पनि मुश्किलले उठाएपछि वितरक कायस्थ बाँकी रकम निर्माताबाट कसरी लिने भन्ने धुनमा छन् ।
चलचित्रमा कलाकारको भीड थियो । तर, पुणेन्द्रु झाको निर्देशनमा तयार भएको र सौर्यजित बास्कोटा र मनोजराज भण्डारीको लगानीमा तयार भएको चलचित्रले काठमाण्डौबाट ६ लाख शेयर दिएको छ । काठमाण्डौ बाहिर पनि चलचित्रको हालत उस्तै थियो । सन्तोष पन्त, बर्षा राउत, तैयब शाह, रविन्द्र झा, विल्सन विक्रम राई लगायतका कलाकार हुँदा पनि यो चलचित्रले दयनिय व्यापार गरेको थियो ।