‘शुभ लभ’मा हरिहर र क्रिस्टिनको प्रेम

0
773

नेपाली फिल्म ‘शुभ लभ’ को शीर्ष गीत सार्वजनिक भएको छ।

बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी फिल्मको गीत सार्वजनिक गरिएको हो।

प्रेमिल शब्दले भरिएको रोमान्टिक गीतमा अर्जुन पोखरेलको शब्द संगीत तथा निसान भट्टराई र मिना सिंहको स्वर सुन्न सकिन्छ।

फिल्मका मुख्य कलाकारहरु हरिहर अधिकारी र क्रिष्टिन पौडेलको अभिनय रहेको सार्वजनिक गीतमा रामाजी लामिछानेले कोरियोग्राफी गरेका हुन्।

पोखराका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको गीतका छाँयाकार रामेश्वर कार्की हुन्। चैत्र १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको कथा लेखन कलाकार अधिकारीले नै गरेका हुन्।

फिल्ममा हरिहर र क्रिस्टिनसँगै सरोज खनाल, प्रदीप बाँस्तोला, रवीन्द्र झा, राजाराम पौड्याल, डा.सूर्या थापालगायतको अभिनय रहेको छ।

हरिहर र क्रिस्टिन भने फिल्म उद्योगमा यसै फिल्मबाट प्रवेश गरेका नव कलाकारहरु हुन्।