चर्चित निर्देशक मिलन चाम्सले एकपछि अर्को फिल्म निर्माण र निर्देशन गर्ने जारी रहेका बेला यतिबेला उनले निर्माण र निर्देशन गरेको फिल्म बिर बिक्रम २ को चर्चा सुरु भएको छ । जसको बिहिबार एक कार्यक्रमकाा बिच नयाँ गीत सार्वजनीक गरिएको छ।
पुरानो चलचित्र ‘देउता’मा समाबेश गरिएको गीत ‘पिरतीको मिठो तिर्शना’ बोलको गीतलाई रिमेक भर्सनमा तारा प्रकाश लिम्बु र मेलिना राईको स्वर रहेको छ ।
गीतमा वास्तविक स्वर इन्द्रजीत मिजार र भारती घिमिरेको रहेको छ। गीतमा सङ्गीत रन्जीत गजमेरको रहेको छ। चलचित्रमा पल शाह, वर्षा शिवाकोटी र नाजिर हुसेनको मुख्य भूमिका रहेको छ । जुन फिल्म प्रतिक्षित फिल्मका रुपमा रहेको छ ।