प्रेम दिवसको छेकोमा पल र आँचलको जोडी भिडियोसहित

0
913

 

प्रणयको दिवसको पूर्वसन्ध्यामा गीतकार सुरेश वाग्लेको रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

राहुल विश्वास र गायिका स्नेहश्री थापाको युगल गायनमा ‘मायामा तिम्रो…’ बोलको गीत सोमबार सार्वजनिक भएको हो। मेघराज लगुनद्वारा संगीतबद्ध सार्वजनिक सुरेश वाग्ले र संगीतकार लगुन स्वयंकै रचना रहेको छ।

सुमित विश्वकर्माको संगीत संयोजन रहेको गीतलाई भारतको कोलकत्ता तथा काठमाडौंमा रेकर्ड गरी चेन्नईमा  मिक्सिङ तथा मास्टरिङ गरिएको थियो।

भिडियोमा पल शाह र आँचल शर्माको अभिनय देख्न सकिन्छ। भिडियोलाई विकास सुवेदीको निर्देशन गरेका हुन्।

अनिल के मानन्धरद्वारा छायांकन भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।

यसअघि रचनाकार वाग्लेको १० वटा गीत समावेश  एकल एल्बम ‘तिमीसाथ भएपछि ’ सार्वजनिक भएको थियो।