Home कला / साहित्य प्रियंका र आयुष्मान स्वच्छ वातावरण महाअभियानको अभियानकर्मीमा नियुक्त

प्रियंका र आयुष्मान स्वच्छ वातावरण महाअभियानको अभियानकर्मीमा नियुक्त

0
प्रियंका र आयुष्मान स्वच्छ वातावरण महाअभियानको अभियानकर्मीमा नियुक्त

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियानकर्मीमा नियुक्त भएका छन्।

वन तथा वातावरण मन्त्रालयको फागुन ७ मा बसेको मन्त्रिस्तरीय निर्णयले उनीहरूलाई अभियानकर्मी नियुक्त गरेको हो।

देशभर स्वच्छ वातावरण बनाउन जनचेतनाको कार्यक्रम गर्नुपर्ने जिम्मेवारी पाएका अभियानकर्मीद्वयलाई मन्त्रालयले एक वर्षका लागि सो नियुक्ति दिएको हो। केही साताअघि मात्र सामाजिक काममा योगदान पुर्‍याउने उद्देश्यका साथ उनीहरुले आयंका फाउन्डेशन दर्ता गरेका थिए।

उक्त महाअभियानको अभियानकर्मीको रुपमा आफूलाई पाउँदा खुसी लागेको बताउँदै दिइएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिबद्धतासमेत उनीहरुले व्यक्त गरेका छन्।