बैसाख २७ मा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कप्स’ को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ।
टर्कीका विभिन्न रमणीय स्थानमा खिचिएको ‘तिमी र म’ बोलको गीतमा अभिनेता अनुपविक्रम शाही र नव–अभिनेत्री सन्दिपा लिम्बु रोमान्टिक अवतारमा प्रस्तुत भएका छन्।
सार्वजनिक गीतमा विजय घिमिरे र नीतु गुरुङको स्वर सुन्न सकिन्छ। गीतमा गायक घिमिरेकै शब्द तथा संगीत रहेको छ।
शिशिर खातीको कोरियोग्राफी रहेको गीतमा अनुप र सन्दीपाको केमेस्ट्री निकै सुहाएको देख्न सकिन्छ।
सम्राट सापकोटाको निर्देशन रहेको फिल्ममा अभिनेता अुनुप विक्रम डिएसपी अमन सिंहको भूमिकामा देखिने छन्।
यसअघिका फिल्महरूमा खलनायकको भूमिकामा देखिँदै आएका अभिनेता शाहीले यस फिल्ममा भने आफू प्रहरी अधिकृतको भूमिकामा देखिने बताए।
अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरूको अभिनय रहेको फिल्मलाई ‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’ ले संयुक्त रुपमा निमार्ण गरेका हुन्।