अन्तर्राष्ट्रिय नारी दिवसमा पदयात्रा (फोटो फिचरसहित)

0
1366

सञ्चारमाध्यम भित्र र सञ्चारमाध्यमार्फत सबैतिर महिला सहभागिताको महत्वलाई प्राथमिकता दिई सहभागिता बढाउन दबाब दिने उद्देश्यले शुक्रबार दिउँसो यहाँ पदयात्रा गरिएको छ ।

‘समावेशी सञ्चार ः महिलामत्रै व्यवहार’ मूल नाराका साथ फ्रिडम फोरम, नेपाल वातावरण पत्रकार समूह, नेपाल पत्रकार महासङ्घ, सञ्चारिका समूहलगायत विभिन्न १७ सङ्घसंस्थाको संयुक्त आयोजनामा भृकुटीमण्डपबाट शुरु भएको पदयात्रा भद्रकाली, शहीदगेट, न्यूरोड हुँदै वसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो । पदयात्रामा सहभागी सञ्चारकर्मी तथा अधिकारकर्मीले ‘महिलाका लागि पुरुषको योगदान के ?’ भन्ने प्लेकार्ड बोकेका थिए । सञ्चारमाध्यममा महिला सहभागिताका लागि सबैले अफ्नो तर्फबाट गर्दै आएको पहललाई अझ बलियो र सामूहिक बनाउन पदयात्रा गरिएको फ्रिडम फोरमले जनाएको छ ।

पदयात्रापछि आयोजित कोणसभामा नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट, फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारी, नेपाल वातावरण पत्रकार समूह ९नेफेज०का महासचिव निमेश रेग्मी, सञ्चारिका समूहका अध्यक्ष नितु पण्डित, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुली, नेपाल खेलकूद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य, फोनिजका अध्यक्ष दण्ड गुरुङलगायतले समाचार कक्ष, व्यवस्थापन, नेतृत्व र नीतिगत तहमा महिला सहभागिता बढाउन यस्ताखाले अभियानले सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा महिलासम्बन्धी कविता तथा नृत्य प्रस्तुत गरिएको थियो ।