पोखरा। नेपाल औषधि व्यवसायी संघको स्थापना दिवसको दिन गण्डकी अञ्चल शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र-पोखराको प्राबिधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ७६ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको छ।
जिबनमै पहिलो पटक रक्तदान गर्न लाग्नुभएका सबिन अधिकारीलाई आजको कार्यक्रमको पहिलो रक्तदाताको रुपमा प्रमुख अतिथि नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सचिव यमनाथ पौडेलज्यूले ब्लड ब्याग हस्तान्तरण गरि शुरुवात भएको रक्तदान कार्यक्रममा सम्भवत: गण्डकी प्रदेशकै औषधि ब्यवसायिहरुमध्ये सबैभन्दा बढी ५७औँ पटक रक्तदान गर्ने रगत ब्यवस्थापनको क्षेत्रमा समेत क्रियाशिल तिर्थराज अवस्थीलाई प्रमाण-पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ।
आफ्नो प्रमुख अतिथिय मन्तब्यको क्रममा संघको स्थापना दिवसमा रक्तदान जस्तो पवित्र कार्यमा संलग्न सबैको प्रशंसा गर्दै पोखरा र आसपासका क्षेत्रमा देखिएको रगत अभावलाई कम गर्न सानो भएपनि भुमिका खेल्ने गण्डकी अञ्चल शाखाको कार्यले आफुलाई गर्व महशुष भएको कुरा प्रमुख अतिथि यमनाथ पौडेलले बताउनुभयो।
कार्यक्रममा बिशेष अतिथि टंकप्रसाद अधिकारी सहित नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष जितेन्द्रमान शाक्य, दाह्री ग्याङ संयोजक बसन्त पहारी, रक्तसंचार केन्द्र-पोखराका प्रमुख ध्रुबमणि लामिछाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने सम्मानित ब्यक्तित्व तिर्थराज अवस्थीले आफ्नै संस्थाबाट सम्मानित हुन पाउँदा खुशी लागेको र भबिष्यमा पनि रगतको क्षेत्रमा अझै बढी खटेर काम गर्ने हौसला मिलेको बताउँदै संस्था सम्बद्ध सम्पुर्णमा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछु भन्नुभयो।
नेपाल औषधि व्यवसायी संघ गण्डकीका कार्यसमिति सदस्य सन्जिब देवकोटाको संयोजकत्वमा आयोजित कार्यक्रमको अध्यक्षता गण्डकी अञ्चल शाखाका अध्यक्ष रामबहादुर के. सि.ले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव कृष्ण पाण्डेले गर्नुभएको थियो ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.