पोखरा ।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमबार स्याङजाको सोपान अंग्रेजी बोर्डिङ स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । ट्राफिक सचेतनाको कमि र लापरबाहिका कारण हुने सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बिद्यालयका प्रिन्सिपल सुरज कुमार अधिकारीले जानकारी दिए ।कार्यक्रममा बिद्यार्थीहरुलाई बाटो काट्ने तरिका, सार्वजनिक सवारीमा यात्रा गर्दा अपनाउनु पर्ने सावधानी र विद्यार्थीमा हुनुपर्ने अनुशासनको बारेमा ट्राफिक जनचेतनामुलक प्रशिक्षण दिइएको थियो ।