लागुऔषध दुव्र्यसनबारे पोखरा वडा नं ३ मा वक्तृत्वकला प्रतियोगिता

0
947

 

पोखरा ३ नदीपुरस्थित सूर्योदय क्लव र जीविका बचत तथा ऋण सहकारीको संयुक्त आयोजनामा लागुऔषध दुव्र्यसनबारे वक्त्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । पोखरा वडा नं ३ का सम्पूर्ण विद्यालयका प्रतिनिधि विद्यार्थीहरु बीच भएको उक्त प्रतियोगितामा कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्ति वडाध्यक्ष रविन्सन प्रजूले लागुऔषध दुर्व्यसन जस्तो संवेदनशील विषयबारे चेतना जगाउन  कार्यक्रम निकै प्रभावकारी हुने बताए । उक्त प्रतियोगितामा प्रतिभा मावि कक्षा १० की छात्रा विजया शर्मा प्रथम, बालमन्दिर मावि कक्षा ८ का छात्र सतीश रेग्मी द्वितीय र माउन्ट अन्नपूर्ण मावि कक्षा ९ की छात्रा कृतिका पराजुली तृतीय भएका थिए ।