अस्मिता खनाल
तिमीले माल पाएँछौ दशै आएको छ
मैले पनि त चाल पाएँको छु, दशै आएको छ
तिमी कौडा खडखडे र ताससंग खेल्दैछौ
म पनि त जुठेल्नाका रास संग खेल्दैछु
तिमीले माल पाएँछौ दशै आएको छ
मैले पनि त चाल पाएको छु, दशै आएको छ
तिमी पर्वको खुशी हाँसोका फोहोराले छुटाउँदैछौ
मै पनि त सिलौटाका जिरा लोहोराले फुटाउँदैछु
तिमीले माल पाएछौ दशै आएको छ
मैमले पनि त चाल पाएँको छु, दशै आएको छ
तिमी मस्त बन्न मदिरामा झुमलिदैंछौ
म पनि त व्यस्त बन्न मझेरीमा रूमलिदैंछु
तिमीले माल पाएँछौ दशै आएको छ
मैले पनि त चाल पाएको छु, दशैं आएको छ
तिमी जागा छौ रात रात, जित्ने हार्ने सवाल छ
म पनि त जागै छु मध्यरात, घरमा काम बबाल छ
तिमीले माल पाएँछौ दशै आएको छ
मैले पनि त चाल पाएँको छु, दशैं आएको छ ।