पर्यटन प्रर्बदन गर्दे पोखराका पर्यटन ब्यबसायी मालागीरी सामुदायीक होमस्टे पुगे

३० मंसिर २०७६, सोमबार

सरिता तिम्सिना पगेनी
कास्की
पर्यटन प्रर्बदन गर्ने उदेश्यका साथ पोखराका पर्यटन ब्यबसायी महिलाहरु पोखरा- ३३ भरतपोखरी स्थित मालागीरी सामुदायीक होमस्टे पुगेका छन् । पोखराका अग्रज पर्यटन महिला ब्यबसायी प्रभा सुबेदीको नेतृत्वमा नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे ,पोखरा -९ का सभापति उमा ठकुरी ,नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य सरिता तिम्सिना पगेनी सहितको १६ जनाको समुह मालागीरी पुगेको हो । पोखरा -३३ मालागीरीका १८ जनाको समुहले सुरुवात् गरेको होमस्टेमा कोदोको बिभिन्न परिकार,लोकल कुखुरा ,गुन्द्रुक ,भटमास,खोस्रे गाँवा, तान्द्रे करकलो लगायतका स्थानीय उत्पादनको स्वाद लिन सकिने मालागीरी सामुदायीक होमस्टेका अध्यक्ष भीम बहादुर गुरुङले जानकारी दिए।
हुडीकोट डाँडाँबाट देखिने सात ताल र पोखरा बजारको सुन्दर दृष्यले पर्यटकलाइ लोभ्याउने गरेको गुरुङ बताउछन्। धवालगीरी ,माछापुच्छ«े ,अन्नपुर्ण लगायतका झण्डै आधा दर्जन हिमाल एकै साथ हेर्न सकिने हुँदा पनि पछिल्लो समय मालागीरी होमस्टे पाहुनाको रोजाईमा पर्ने गरेको अध्यक्ष गुरुङले बताए । तोरी पेल्ने कोल,एतिहासिक ढुङ्गा,मालती देबी मन्दिर,चण्डी देउराली ,कोट भैरब,मनिथान,कण्ठदेबी मन्दिर पनि पर्यटकका लागि आर्कषणको केन्द्र बन्दै गएका छन् ।त्यसैगरी होमस्टेमा आउने पाहुनाका लागि स्थानीय आमा समुहले स्थानीय लोक संस्कृति द्धारा मनोरञ्जन प्रदान गर्ने एकता आमा समुहका अध्यक्ष श्रपनाले गुरुङ बताईन् । पर्यटन ब्यबसायीको समुहले स्थानीय होमस्टे संचालक संग होमस्टेका बिषयमा अनुभब आदानप्रदान समेत गरेका थिए । महिलाहरुकोे आर्थिक शसक्तिकरणमा होमस्टेले महत्वपुर्ण भुमिका खेल्न सक्ने नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेले बताइन् । ब्यापक प्रचारप्रसार साथै गुणस्तरीय सेवा प्रदान गर्न सके मालागीरी होमस्टेले छुट्टै पहिचान बनाउन सक्ने काग्रेस -९ का सभापति उमा ठकुरीले प्रतिकृया दिइन् । मालागीरीमा ३३ वटा घरमा होमस्टे चलाउने योजना रहेको अध्यक्ष गुरुङले सुनाए ।

Leave a Reply