कथा –
साँझ झमक्क परिसकेकाे थियाे । चाराे खाेज्न निस्केकाे पंक्षी मेलाे सकेर फर्केका ज्यामी झैं अाअाफ्ना गुँडमा फर्कने क्रममा थिए । खै किन हाे सधै झैं दलिनमा अाफ्ना पङ्ख फिजाउँदै पाेथीकाे वरिपरि घुम्ने भाले परेवाकाे माक्मा घुर-घुर केही दिनदेखि बन्द छ । चकमन्न वातावरणलाई चुनाैति दिए झैं गुँडमा परेवाका बचराहरुकाे खलबल भने अाज अलि बढी नै थियाे । हुन पनि चार -चारवटा बचराहरु छन् त्यसैमाथि ठूलै पंक्षी बैठकजस्ताे चुच्चाेमा चुच्चाे जाेडेर अाफ्ना गुनासाहरु पाेख्दैछन्। सबैभन्दा सानाे बचेराे भाेकले अाेँठमुख सुकेर बाेल्नै नसक्ने अवश्थामा पुगिसकेकाे थियाे। अरु बचराहरुसँग भन्दै थियाे,अाज पनि हाम्रा बा अामा रित्तै फर्किए भने ? एक एक महिना भैसक्याे हामीले दानापानी खान नपाएकाे है ! उसकाे बाेलिमा मुन्टाे हल्लाउँदै अर्काे बचेराेले भन्छ,´न त हामी उडेर जान सक्छाैं,न त अाफै चाराे खाेजेर खान सक्छाैं,कस्ताे विवशता है ! पङ्ख छन् उड्न नसक्ने , खुट्टा छन् हिड्न नसक्ने ।
यत्तिकैमा तेस्राे बचराेले भन्छ, बाअामा पनि त १/१ महिनादेखि भाेकभाेकै भाैतारिईरहेका छन् । डुलिरहेछन् हाम्रा निम्ति केही खानेकुरा पाईन्छ कि भनेर खाेजिरहेका छन् तर के गर्नु,हाम्राे दु: ख कस्ले देखाेस् भन्दै सुँक्कसुँक्क राेईरहेकाे छ । यत्तिकैमा साना बचेराहरुलाई सान्त्वना दिदै सबैभन्दा ठूलाे बचेराेले भन्याे , पर्ख न पर्ख ! बा अामा अाउदै हाेलान् ,चाराे नपाएर खाेज्दै हाेलान् । के गर्नु हामीजस्ताे कमजाेर र निरीह भएपछि सहनुकाे विकल्प नै के रहेछ र ! न त हामी उडेर बाहिरी दुनियामा जान सक्छाैँ ,न त खानेकुरा खाेजेर नै खान सक्छाैं ।न त बाहिर उड्ने तागत छ,न त बाँच्ने साहस नै ! न त मागेर खान सक्छाैँ,न त खाेसेर नै । यति भन्दै गर्दा उसका अाँ खा रसाएका छन् । साना बचेराहरु भाेकले निकै छटपटाईरहेकाे , कराईरहेकाे र राेईरहेकाे निरीह बनेर हेरिरहेकाे छ।कतै बा अामा नअाईपुग्दै खानै नपाएर भाेकभाेकै गुँडभित्रै कसैले थाहा नै नपाउने गरि मर्ने अवश्था हुने हाे कि भनेर भित्रभित्रै डर र भाेकले छटपटाईरहेकाे छ ।यसैबीच फेरि अलिकति अाशाकाे त्यान्द्राे बाँकी राखेर बा अामाले चाराे ल्याउने र खाने पर्खाईमा छ । यत्तिकैमा युद्द हारेका सिपाही झैं निरास मुद्रामा जाेडी परेवा गुँडमा अाईपुगे । यतिञ्जेलसम्म सबैभन्दा सानाे बचेराे मरिसकेकाे थियाे।अरु बचेराहरु चिँचिँ गर्दै जीवन मरणकाे दाेसाँधमा थिए।,रित्तै फर्किएका बाअामालाई देखेर निरास हुँदै भने,अामा ! अाज पनि खानेकुरा ल्याउनुभएन ? हामी भाेकतिर्खाले अत्यन्तै छटपटाएका छाैं।अब हामी भाेकभाेकै मरिने भयाे है अामा ! अाफ्नाे सानाे बचेराे मरिसकेकाे र अरु पनि अन्तिम अवश्थामा पुगेकाे देखेर अाफ्ना अबाेध , निर्दाेष बचराकाे मलिन अनुहार हेर्दै बरबर अाँसु खसाल्दै परेवीले भन्छे,हे भगवान ! हामी अाफ्नै गुँडभित्र भाेकभाेकै मर्नुपरेकाे सत्यता बाहिरी संसारलाई के थाहा! ,सबैले स्वच्छन्द अाकाशमा भुरुरु उडेकाे र रमाएकाे मात्र देख्छन्,गुँडभित्रका यथार्थता कस्लाई के थाहा !महिनैा सम्म जताततै चाहारे तर कतै केही खानेकुरा पाउन सकिन ।बाहिर कतै पनि गेडागुडी,जुठाेपुराे पाेखिएकाे छैन।गाउँ ,घर,बजार जताततै सुनसान छ।खेतबारी सुख्खा छ।बाहिर काहीँ कतै पनि मान्छेहरु देखिदैनन्।अहाे ! यी मान्छेहरु पनि कति स्वार्थी रहेछन्।अाफूहरु भित्रभित्रै बसेर रमाईरहेछन्। काे भन्दा काे कम भने झैं अनेक व्यञ्जन परिकार बनाएर खाईरहेका छन् । न त अाफूहरु बाहिर निस्कन्छन् , न त अन्नका गेडागुडी नै फाल्छन् बाहिर।हामीजस्ता अशक्त ,अबाेध र निरीह प्राणीकाे अकालमै भाेकमरीले ज्यान जाने भयाे,त्याे पनि गुँडभित्रै । न त बचेराहरु बचाँउन सकेँ,न त अाफू नै बाँच्न सक्छु अब,भन्दै अश्रुधारा बगाईरहेकी थिई ।
मायालु र ममतारुपी अाँखाले एक टक लाएर मन अघाउञ्जेल हेरिरही,हेर्दाहेर्दै अरु दुई बचेराले पनि प्राण त्याग गरे । याैटा ठूलाे बचेराे मात्र ज्यूदाे थियाे,उसले मात्र अामाका कुरा सुनिरहेकाे थियाे।मरिने पक्का भएपछि ऊ पनि अामाकाे काखमा लुटपुटियाे।दुवैले झाेक्राएर भुँईमा मुन्टाे गाडिरहे। उता भाले परेवा नजिकै बसेर धुरुधुरु राेईरहेकाे थियाे।ऊ पनि निकै कमजाेर भैसकेकाे थियाे त्यसैले उडेर कतै जाने हिम्मत गर्न सकेन।मनमनै भन्दै थियाे , मानवीयता गुमाएका यी मानवहरु मानव नभएर दानव हुन्।
अाफूहरु अनेक वाहनामा भित्रभित्रै बसेर डकारुञ्जेल खाईरहेछन्,रमाईरहेछन्।बाहिरी दुनियाकाे यिनलाई चासाे पनि छैन ,अरुका दुःख,दर्द,मर्म र पिडाहरु बुझ्न सक्दैनन् यिनीहरु।मान्छेका यस्ता स्वार्थीपनले गर्दा हामीजस्ता निरीह र कमजाेर प्राणीकाे ज्यानै जाने भाे,त्याे पनि गुँडभित्रै,एकान्तमा, कसैले थाहा नै नपाउने गरि । न त अाफू बाँच्न सकेँ,न त परिवार नै बचाउन सकें । हे भगवान् अर्काे जन्ममा यस्ताे निरीह प्राणी भएर जन्मिनु नपराेस् ! जसले अाफ्ना बालबच्चाहरु खानै नपाएर अाफ्नै अगाडि प्याक प्याक मुख बाएर भाेकले छटपटाउँदै मरेकाे अाफ्नै अाँखाले देख्न नपराेस , सहन नपराेस् । ठूला-ठूला दरबारभित्र एेस अाराम र माेजमस्तिमा एक्लै रमाउने मान्छे भएर जन्मिन पाऊँ ता कि भाेक र शाेकले मर्नु नपराेस् ।।।
भावना खनाल,, जल्पा -२, पूर्वखाेला पाल्पा