अमेरिका। नेपाली बहिरा समाज अमेरिकाले अमेरिकाको न्यूयोर्क राज्यमा एक समाहरोहका साथ अन्तराष्ट्रीय सांकेतिक भाषा दिवस २०२० मनाएको छ ।
अमेरिकामा रहेका बहिराहरु २ वर्ष अगाडी “नेपाली बहिरा समाज” को नामले संगठित भए देखी वेला वेलामा सो सस्थाले वहिराहरू सम्वन्धी विविध कार्यक्रम हरु गर्दै आएको छ । यसै क्रममा Covid-19 को महामारी विच पनि आफ्नो सभ्यता र पहिचाहनको लागि यसै सातालाई UN ले दिएको मान्यता “Deaf Week”बहिराहरुको पर्वमा न्यूयोर्क र नजिकका छिमेकी राज्यहरुमा रहेका बहिराहरु जमघट भै न्यूयोर्कको Roosevelt Island मा नेपाली बहिरा समाजले गरेको कार्यक्रम भने विशेष चासोको रुपमा लिइएको बहिराहरुको भनाई छ ।
सो जमघटमा ‘अन्तराष्ट्रीय बहिरा सप्ताह ‘१९५८ रोममा सम्पन्न भएको विश्व बहिरा महासंघ को पहिलो सम्मेलन देखि नै September महिनामा गरिंदै आएको जानकारी समाजका अध्यक्ष श्री लक्ष्मण गिरी ले जानकारी गराउनु भएको थियो ।
वहाँले वहिरा हुनु वहिरा व्यक्ति को कमजोरी नभई विविध कारण वाट मानिस वहिरा वन्छ,आज सुन्ने मानिस भोली वहिरा वन्न सक्छ,वहिरा हरु पनि समाजकै अंग हुन परिवारका सदस्य हुन,राज्यका जनता हुन,उनीहरुको सवलीकरणका लागि सून्ने समूदायले चासो दिनु पर्छ,वहिरा हरुलाई दया हैन माया गरौं ,अवसर दिऔं भन्नु भयो ।
समाजका महासचिव उपेन्द्र खनालले विश्व भरिमा आफ्नो समुदाय अनुसार,देश अनुसार, भेष अनुसार बहिराहरुले प्रयोग गर्ने सांकेतिक भाषा आफ्नो आफ्नो ठाऊँ र प्रकृति अनुसार फरक फरक भए पनि सांकेतिक भाषा धेरै हाउभाउ र शरिरको मुभमेन्ट बाट व्यक्त गरिने भएकोले एक ठाउंको बहिरालाई अर्को ठाउंको बहिरा संग सन्चार गर्न त्यती वाधा नपर्ने बताउनु भयो ।
नेपाल र भारतको शिक्षा लिई हाल अमेरीका मा शिक्षा लिएर भर्खरै ग्रयाजुएशन हुनुभएका समाजका सदस्य रवीन्द्र वास्तोलाले आफुमा सांकेतिक भाषा विषयमा आएको चासोको कारण आफ्नो भविष्यको पढ़ाई र लक्ष यस भाषाको अध्ययन र अनुसन्धानमा लाग्ने बताउनु भएको थियो ।
विगत ३० वर्ष देखी बहिरा क्षेत्र मा लागेर बहिरा हरुसंग हातेमालो गर्दै आउनु भएका र हालै अमेरीकामा बहिराहरुलाई संगठित हुने प्रेरणा र सहयोग गर्दै आउनु भएका सो सस्थाका सस्थापक संरक्षक तथा सल्लाहकार पुस्प राज गिरीले जुन माध्यमबाट वाट भए पनि एकले व्यक्त गरेको भावना अर्को मानिसले बुझ्ने माध्यम लाई नै भाषा भनिन्छ, बहिराहरु को भाषा पनि संचारको लागि महत्वपूर्ण भएको वताउनु भयो। आदिम काल का मानिसहरुले जसरी शरिरको हाउभाउवाट आफ्नो कुरा व्यक्त गर्थे र दोश्रो पक्षले बुझ्दथ्यो, त्यो नै संसारको पहिलो भाषा थियो संसारको पहिलो संचारको भाषा संकेत नै थियो ।
संसार विकसित हुदै गए पछि संकेतले विधीवत भाषाको रुप लियो र अन्य बोलि अनुसारका भाषाहरु उत्पती भए । जे जसरी भाषाहरुको बिकास भए पनि, सांकेतिक भाषा आंफैमा गोपनियता र मिठासपनको भाषा भएको प्रस्ट्याउनु भयो ।
हालको महामारीका कारण सो कार्यक्रममा प्रतक्ष्य सहभागी हुन नपाए पनि भिडियो कल वाट धारणाँ राख्नु हुँदै नेपाल सरकार विशेष शिक्षा परिषदका पूर्व राष्ट्रिय सदस्य एवं समाजका संस्थापक सल्लाहकार विश्वराज बाँस्तोलाले अन्तर्राष्ट्रिय सांकेतिक भाषा एवं बहिरा दिबसको उपलक्ष्यमा सवै बहिरा एवं सरोकार वाला हरुलाई सुभकामना दिनु भयो ।
विकसित मुलुकका बहिराहरुको अधिकार र सुविधा लाई राज्य बाटै प्राथमिकता दिइएको कारण शिक्षा रोजगार एवं सवै छेत्र मा पहुँच पुगेको बताउँदै नेपाल को सन्दर्भमा विगतमा भन्दा वर्तमान मा बहिराहरुको अधिकार लाई कानुनमै उल्लेख गरिएको तर पूर्ण कार्यान्वयनमा नल्याईएको वताउनु भयो।
ड्राईभिङ लाईसेन्स को वारे सर्वोच्च अदालतले ले बहिराहरुलाई दिन अफ्ठ्यारो छैन भनेको छ तर सरकारले दिन आनाकानी गर्छ यो लज्जाको कूरा हो भन्नु भयो ।वहाँले घर परिवार र समाज बहिरा मैत्री हुन कम्तीमा अभिभावकमा साँकेतिक भाषाको ज्ञान हुनुपर्नेमा जोडदिदै विगतमा नेपालको घरदैलो सांकेतिक भाषा को स्मरण गर्नु भयो नेपालमा हुँदा लामो समय वहिरा विध्यालय र वहिरा क्षेत्रमा काम गर्नु भएका वास्तोला ले विशेष गरी वहिराहरुका अभिभावक,आफन्त,साथी संगी एवं छिमेकि लाई सांकेतिक भाषा सिकाइने उद्देश्यले ल्याईएको घरदैलो सांकेतिक भाषाको अवधारणा लाई व्यूताउन अमेरिकामा सँगठित नेपाली बहिरा समाजले चासो दिनुपर्ने वताउनु भयो।
संस्थाका वरिष्ठ सल्लाहकार निर्मल कुमार देवकोटा,उपाध्यक्ष लक्ष्मण तझ्या ले पनि भिडीयो मार्फ़त कार्यक्रम को सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो।
संस्थाका कोषाध्यक्ष मोहन पन्थी,सदस्य दीपक पोख्रेल र प्रशंसा खनालले कार्यक्रम आयोजकको काम गर्नु भएको थियो ।